बालबालिका / हाम्रो भविष्य

  • बालबालिकाहरुद्वारा विद्यालयलाई सजाय निषेधित क्षेत्र घोषणा गर्न माग
    .
    २०६८ असोज ३ गते मंगलवार नेपाल सम्वत् ११३१ ञलागाः८ September 20, 2011

    नेपालगन्ज/ हामी सबैको सरोकार शान्ति संविधान र सुनिश्चत बाल अधिकार भन्ने नाराका साथ राष्ट्रिय बालदिवस विविध कार्यक्रम गरी मनाइयो । दिवसको अवसरमा देशभर बालबालिकाका क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाले याली, अन्तरक्रिया, सास्कृतिक कार्यक्रम लगायतको आयोजना गरे ।


  • किताबी ज्ञान संगै प्रतिभा प्रष्फुटन गराउदै ब्राइट फ्यूचर स्कूल
    -पवन जायसवाल मनमौजी
    २०६७ चैत २७ गते आइतवार JANAMAT(Bi-Weekly) April 10, 2011

    नेपालगन्ज / कलिला बालबालिकाहरुको चौतर्फी विकासको लागि विद्यालयले उनीहरुलाई किताबी ज्ञान मात्र होइन उनहिरु भित्र लुकेको अन्तरनिहीत प्रतिभालाई प्रष्फुटन पनि सक्नु पर्दछ । यही उद्देश्यका साथ नेपालगन्ज१६ मा स्थापित ब्राइट फ्यूचर एकेडेमीका शिक्षक तथा शिक्षिकाहरु प्रयत्नरत देखिन्छ ।


  • यो वर्षको सिकाईबाट अर्को वर्ष सुधार गरिनु पर्छ
    यज्ञमूर्ति तिमिल्सिना
    २०६७ चैत २४ गते विहीवार JANAMAT(Bi-Weekly) April 7, 2011

    एसएलसी परीक्षा आम विद्यार्थीहरूका लागि फलामे ढोका मानिन्छ । कुनै बेला जमाना थियो एसएलसी पास गर्नु भनेको फलामको साँघुरो ढोका पार गर्नुजस्तै हो । तर, यस वर्ष पाल्पा जिल्लाको सन्दर्भमा एसएलसी परीक्षा सञ्चालनका लागि परीक्षा केन्द्रमा खटिएर गएका अधिकारीहरूका लागि एसएलसी परीक्षा फलामे ढोकाजस्तै भयो, अन्ततः त्यसैको तगारो बने, विद्यार्थी र अभिभावक ।


  • किन चिट चोर्न डराउन छाडे विद्यार्थीहरु ?
    बसन्त खरेल
    २०६७ चैत १७ गते विहीवार JANAMAT(Bi-Weekly) March 31, 2011

    हामीले एसएलसी जाच दिंदाको कुरा हो, त्यतिबेला चिट भन्ने नाम सुनिए पनि त्यो कसरी गरिन्छ, गरेमा के हुन्छ, नगरे के हुन्छ केही थाहा थिएन । चिट चोरेर पास भइन्छ भन्ने मान्यता नै थिएन । जसरी कसैको बस्तु चोरेमा त्यो सामाजिक अपराध हो भन्ने मान्यता राखिन्थ्यो चिट चोर्ने कामलाई पनि हामीले त्यही मान्यतामा राख्थ्यौं । फेल भए अर्कोचोटी दिए पनि हुन्छ तर, चिट चोर्नु गलत हो भन्ने थाहा थियो ।


  • कम्लरी भई अर्काको घरमा बस्न नपरोस्
    -दीपा आले
    २०६७ फागुन ३० गते सोमवार JANAMAT(Bi-Weekly) March 14, 2011

    कम्लरी भई अर्काको घरमा बस्न नपरोस्
    बैजापुर ८ की लक्ष्मी चौधरी आफू अर्काको घरमा कमलरी भई बस्दाको क्षण सम्झेर दुखेसो पोख्छीन ।  अर्काको घरमा कसैलाई कमलरी भएर बस्न नपरोस् ।