खेलकुद
-
क्षेत्रका लागि उसु खेलाडी चयन
-सीताराम ओझा/ धनगढी
२०६८ पुस ७ गते बिहीवार नेपाल सम्वत् ११३२ थिँलागाः–११ December 22, 2011
क्षेत्रका लागि उसु खेलाडी चयन
आगामी फागुनमा सुदरपश्चिममा हुने छैठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको क्षेत्रीय छनोटका लागि कैलाली जिल्लाबाट २० जना खेलाडीहरु छानिएका छन ।तीन दिनसम्म आयोजना गरिएको जिल्ला स्तरीय छनोटमा क्षेत्रीय छनोटका लागि थाउलो र सान्सौ तर्पmका ७ महिला र १३ जना पुरुष खेलाडी चयन भएका हुन । ती मध्ये ११ जना धनगढीको मनेहरा उसु क्वानका खेलाडीहरु छानिएको उसु प्रशिक्षक रतन खातीले जानकारी दिनुभयो ।
देशभरी नै चर्चा कामएको सिअ उसू क्वान मनेहराले फेरि जिल्ला स्तरीय छनोटमा पनि वश्र्वच रहेको हो । जिल्ला स्तरीय छनोट प्रतियोगितामा सान्सौ महिला तर्फ ४८ किलोमा हिरा चौधरी ५२ किलोमा एलिना चौधरी र ५६ किलोमा दिव्या रावत छानिएका छन भने पुरुष सान्सौ तर्फ ४८ किलोमा विष्णु हादुर चौधरी ५२ किलोमा पदम ठकुल्ला ५६ किलोमा नरेश चौधरी ६० किलोमा दशरथ सुनार ६५ किलोमा अनिश शाही ७० किलोमा हेमचन्द वडायक र ८० किलोमा मानबहादुर चौधरी चयन भएका छन ।
त्यस्तै महिलाको नान् छ्वानमा मनिषा रावत छाङग छ्वानमा महिमा चौधरी थाईची छ्वानमा गंगा थापा र अस्मिता जोशी छनोटमा छन भने पुरुष तर्फ नान् छ्वानमा कालु सिंह पार्की र राजेश विक छाङग छ्वानमा चन्द्र थापा र प्रेम विक र थाईची छ्वानमा चक्र पार्की र अनिल सिंह क्षेत्रीय प्रतियोगिता खेल्न चयन भएका छन् ।
ँ
अन्य समाचारहरु
- खुल्ला ब्याड्मिन्टन प्रतियोगिता सम्पन्न
- स्कूल स्तरीय खुल्ला ब्याड्मिन्टन प्रतियोगिता
- फुटवल कपको उपाधी हिमालयनलाई
- दक्षिण एशियाली भारत्तोलन सम्पन्न : नेपाललाई ६ स्वर्ण, १३ रजत र ११ कास्य
- विश्वमा नेपाल चिनाउने खेलाडीहरुलाई सम्मान
- अन्तराल कप फाइभ ए साइड फुटवल प्रतियोगिता
- शुटिङ्ग प्रतियोगितामा मध्यपश्चिमाञ्चल टिमको बर्चश्व कायम
- राजधानीमा एएफसी च्यालेन्ज कप फुटवल
- पुलिस र पश्चिमाञ्चल महिला भलिबलको सेमिफाइनलमा
- टि–२० क्रिकेटको उपाधि रकर्स क्लबलाई



