खेलकुद

  • शान्ता देबी स्मृति फुटबल प्रतियोगिता
    .
    २०६८ पुस ३ गते आइतवार December 18, 2011

    शान्ता देबी स्मृति फुटबल प्रतियोगिता
    नेपालगन्ज / बाँकेको मैटहवामा जारी दोस्रो शान्ता देवी स्मृति फुटबल प्रतियोगिता अन्तर्गत खेल भइरहेका छन् ।

    पहिलो खेलमा युथ युनिटी फुटबल क्लब कोहलपुर र साहरा क्लब लखनऊ भारत भिडिरहेका छन् । खेल शुरुवातको सातौं मिनेटमा उमेश आलेले १ गोल गरेका थिए भनै १६ औ मिनेटमा सहाराकै मिन्गाले दोस्रो गोल गर्न सफल भएका थिए ।

    पहिलो हाफको २२ औ मिनेटमा महेन्द्र कुमार सिंहले तेस्रो गोल गरेका थिए भने पहिलो हाफकै ३३ औं मिनेटमा मिनेस अलि हैदाले चौथो गोल गरेकाम थिए । त्यसैगरी दास्रो हाफको टैटौ मिनेटमा सहाराकै प्रमले अर्को गोल गरेका थिए भने आठौं मिनेटमा फेरी मिन्गाले छछैटौ गोल गरेका थिए । सहाराले अहिलेसम्म सुन्यका विरुद्ध ६ गोल बनाउन सफल भएको छ ।

    यस्तै जय किसान स्पोर्टस् क्लब ए शैनिक र मैटहवा उच्च माबि शैनिक बिच दोस्रो खेल हुने जय किशान स्पोर्टस् क्लबका अध्यक्ष रोशन थापाले जानकारी दिनुभयो । यस अघि हिजो भएको खेलमा सिद्धार्थ युवा क्लब रझेना बाँके र विकास स्पोर्टस् क्लब बहराईच भारत बिजयी भएका थिए ।

    सिद्धार्थ युवा क्लब रझेना बाँके र युनाईटेड क्लब तुलसीपुर दाङ बिच भएको पहिलो खेलमा सिद्र्धार्थ युवा क्लब ३ का बिरुद्ध ४ गोलले टूईबेकर मार्फत बिजयी भएको थियो । यस्तै बिकास स्पोर्टस् क्बल बहराईच भारत र नेपालगंज मेडिकल कलेज कोहलपुर बिच भएको दोस्रो खेलमा बिकास स्पोर्टस् क्लब टूाईबेकर मार्फत ४ का बिरुद्ध ५ गोलले बिजयी भएको थियो । सर्बाधिक ठुलो धनराशाी भएको प्रतियोगीतामा बिजयी टिमले ४० हजार १ सय १ रुपैया, दोस्रो हुने टिमले २० हजार १ सय १ तथा तेस्रो हुनेले ५ हजार १ रुपैयाँ हात पार्नेछ ।
    अहिले शनिवार सम्पन्न पहिलो खेलमा धम्बोझी स्पोर्टस् क्लब नेपालगंज र जय किसान स्पोर्टस क्लब बि शैनिक बिच जारीे छ । अहिले पहिलो हाफमा धम्बोझी स्पोर्टस् क्लब नेपालगंजले १ गोल बनाउन सफल भएको छ । यस्तै आजै दिउँसो साढे २ बजे हुने दोस्रो खेलमा साहारा क्लब लखनउ भारत र सिद्धार्थ युवा क्लब रझेना बाँके वीच प्रतिस्पर्धा हुने जय किसान स्पोर्टस् क्लबका अध्यक्ष रोशन थापाले जानकारी दिनुभयो । प्रतियोगिता पौष ६ गतेसम्म चल्नेछ ।





अन्य समाचारहरु