खेलकुद

  • प्रशिक्षकहरुको आन्दोलन फिर्ता
    .
    २०६८ पुस ३ गते आइतवार December 18, 2011

    प्रशिक्षकहरुको आन्दोलन फिर्ता
    नेपालगन्ज/ आन्दोलनरत नेपालगंजका स्वयंसेवक प्रशिक्षकहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।

    मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितीका पदाधिकारी र आन्दोलनरत स्वयंसेवक प्रशिक्षक वीच नेपालगंजमा बिहिबार भएको बार्तामा स्वयं सेवक प्रशिक्षकहरुले राखेका सबै मागहरु पूरा गरिदिने सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको संघर्ष समितीका संयोजक नन्द किशोर बर्माले जानकारी दिनुभयो ।

    दुबै पक्ष वीच भएको सहमति अनुसार ७ दिन भित्र मागहरुको कार्यान्वयन गरिनेछ । सहमतिसंगै बिहिवारदेखि क्षेत्रीय तथा जिल्ला खेलकुद विकास समिति र नेपालगंज रंगशालाको प्रबेशव्दारमा दिर्दै आएको रिले अनसन पनि फिर्ता लिइएको छ ।


    मध्यपश्चिम क्षेत्रीय खेलकुद बिकास समिती नेपालगंजले कुनै सूचना प्रकाशित नगरि सहायक प्रशिक्षक प्रशिक्षण (एन.आई.एस.) तालिम नलिएका माओवादीका कार्यकर्ताहरुलाई मात्र मनोमानी ढंगले नियुक्त गरेको भन्दै स्वयंसेवक प्रशिक्षकहरुले गएको शुक्रबार देखी तालाबन्दी गरेका थिए ।


    तालाबन्दीलाई प्रहरीले बल प्रयोग गरेर खुलाएको भएपनि स्वयंसेवक प्रशिक्षकहरुले रिले अनसन जारी राखेका थिए । खेलकुदमा भएको राजनीतिकरणको अन्त्य हुनु पर्ने, दरबन्दी मिलाई रोजगारीको ग्यारेन्टी हुनु पर्ने, खेलाडीहरुको भविष्य सुनिवश्चत हुनु पर्ने, खेलाडीहरुको जीवन बिमा हुनु पर्ने लगायतका मागहरु संघर्ष समितीले अघि सारेको थियो ।






अन्य समाचारहरु