खेलकुद

  • खेलकुद समितिमा ताला
    दिनेश ठाकुर
    २०६८ मंसिर २५ गते आइतवार December 11, 2011

    खेलकुद समितिमा ताला
    नेपालगन्ज/ नेपालगंज स्थित क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिको कार्यालयमा लगाइएको तालाबन्दी शनिवार पनि जारी छ ।

    खेल क्षेत्रलाई राजनीतिक भर्ति केन्द्र गरिएको भन्दै खेलाडी, प्रशिक्षक तथा खेलप्रेमीहरुले संघर्ष समिति निर्माण गरी शुक्रवार विहान ९ बजेदेखि अनिश्चितकालीन तालाबन्दी गरेका हुन् ।


    मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जले कुनै सूचना प्रकाशित नगरी आफ्ना मान्छेलाई मनोमानी ढंगले सहायक प्रशिक्षक नियुक्त गरेको संघर्ष समितिको आरोप छ ।


    सहायक प्रशिक्षण तालिम लिएका सम्पूर्ण खेलाडीहरुलाई दरबन्दी मिलाई रोजगारीको ग्यारेन्टी हुनु पर्ने, खेलकुदमा भएको राजनीतिकरणको अन्त्य हुनुपर्ने, खेलाडीहरुको भविष्य सुनिश्चित हुनुपर्ने, खेलाडीहरुको जीवन बिमा हुनुपर्ने लगायतका मागहरु अघि सारिएको छ ।

    तालाबन्दी बारे थप जानकारी गराउन संघर्ष समितिले आइतवार विहान ११ बजे रंगलाशामा पत्रकार सम्मेलन गर्ने तयारी गरेको संघर्ष समितिका नन्द किशोरवर्माले जानकारी दिनु भयो ।





अन्य समाचारहरु