खेलकुद

  • एसपिए मिडिया कपमा खैलाबैला
    -सीताराम ओझा/धनगढी
    २०६८ मंसिर १८ गते आइतवार December 4, 2011

    एसपिए मिडिया कपमा खैलाबैला
    धनगढीमा जारी मिडिया कप-२०११ मा सहभागी खप्तड एफएमले एफएम भन्दा बाहिरको खेलाडी खेलाएको पाइएको छ । अत्तरिया निवासी सन्तोष कार्कीलाई एफएमको बजार व्यवस्थापक भएको भन्दै खेलाएको पाइएको हो । जेसिज मिडिया कपको अफिसियल मिडिया समेत रहेको खप्तड एफएमले गैर मिडियाकर्मीलाई खेलाएपछि खैलाबैला मच्चिएको थियो । कार्की श्रृजनशील युवा क्लब लालपुरका खेलाडी समेत रहेको खुल्नमा आएको छ ।


    यसैवीच प्रतियोगिताको डिफेन्डीङ च्याम्पीयन दिनेश एफएमले प्रतियोगिता बहिष्कार गरेको छ । गैर मिडियाकर्मीलाई खेलाएको भनि छानबिनका लागि निवेदन दिएपनि आयोजकहरुले सही निर्णय नगरेपछि प्रतियोगिता बहिष्कार गरेको एफएमका टीम प्रशिक्षक शिवराज भट्टले बताउनुभयो । उहाले छानविनका लागि निवेदन दिएपछि बोलाईएका सन्तोषले कुनै पनि कुराको उत्तर समेत दिन नसकेको र १ बर्षदेखि काम गर्दै आईरहेको भनेपछि आफुहरुले गैर खेलाडी भएको पुष्टि गरेको बताउनुभयो ।


    मिडियाको भन्दा बाहिरको खेलाडीलाई खेलाएमा खेलाउने टीमलाई ५ हजार जरिवाना र एक बर्ष प्रतियोगिता खेल्न प्रतिबन्ध लाग्ने भएकोले आयोजक धनगढी जेसिजले खप्तड एफएमलाई बचाउन खोजेको दिनेश एफएमका टीम व्यवस्थापक अमिता कुँवरले आरोप लगाउनुभयो । उहाँले आफुहरुलाई सन्तोष कर्मचारी भएको कुनै पनि विश्वस्त आधार पनि आयोजकले नदिएको जानकारी दिनुभयो । तर खप्तड एफएमका कप्तान तथा स्टेशसन म्यानेजर तिर्थ ओझाले भने उनी आफ्नो एफएममा १ बर्षदेखि कार्यरत रहेको दाबी गर्नुभयो । खप्तड एफएमको टीममा सहभागी पदक सिंह धनगढी जेसिजका महासचिव पनि हुन ।


    दिनेश एफएमलाई धनगढी जेसिजले सन्तोष एफएममै कार्यरत भएको बताए पनि दिनेश एफएमले भने उनी कुनै पनि मिडियामा कार्यरत नरहेको जनाएको छ । उनको अत्तरिया स्थित घरमा सम्पर्क गर्दा उनका भाई विवेक कार्कीले आफ्नो दाई कहि कतै पनि काम नगर्ने जानकारी दिनुभयो ।


    आयोजकको कमजोरीका कारण सहभागी टीम खप्तड एफएमले ७ जनाको परिचय पत्र मात्रै दिएको भएपनि उस्लाई खेलाईएको छ भने फुलबारी एफएमले पनि खेलाडीहरुको परिचयपत्र बिना नै खेलेर गएका छन ।


    उता नेपाल पत्रकार महासंघ कैलाली प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । महासंघले मालिका एफएम लम्कीलाई २० ले हराएको हो ।





अन्य समाचारहरु