खेलकुद
-
नेपाली महिला क्रिकेटमा लगातार जित
.
२०६८ फागुन १ गते सोमवार February 13, 2012
नेपाली महिला क्रिकेटमा लगातार जित
नेपालगन्ज/ नेपाल एसीसी यू–नाइन्टिन महिला च्याम्पियनसीप क्रिकेटमा लगातार तेस्रो पल्ट विजयी हुन सफल भएको छ । शुक्रवार कुवेतमा भएको खेलमा नेपाली महिला टोलीले थाइल्याण्डलाई ६ विकेटले हराएको छ ।
महिला च्याम्पियनसीपका अहिलेसम्म भएका सबै १९ खेलमा नेपालले कुनैमा प्रतियोगितामा हारेको छैन र तीनवटै खेलमा नेपाल च्याम्पियन भएकोछ । नेपाल चार वर्ष अघि थाइल्याण्डमा भएको पहिलो खेलमा मलेसियालाई हराउ“दै च्याम्पियन बनेको थियो । सिंगापुरमा भएको दोस्रो खेल जित्दा भुटानलाई ५ विकेटले हराएको थियो ।
अहिलेसम्मकै सबै खेलमा अपराजित राष्ट्र नेपाल मात्र हो । यसपटकको प्रतिस्पर्धामा नौ एसियाली मुलुक सहभागी थिए ।
नेपाली टोलीको नेतृत्व गरेकी रुविना क्षेत्रीले १३ विकेट लिनुका साथै ७१ रन बनाउँदै ‘प्लेयर अफ द सिरिज’ पनि बनेकी थिइन् भने ७ रन खर्चेर तीन विकेट लिंदै थाइल्याण्डलाई कम रनमा रोक्न महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । रुविनाले चौथो विकेटका लागि ममता चौधरीसंग ५६ रनको महत्वपूर्ण साझेदारी पनि गरिन् ।नेपाली किशोरी खेलाडीहरुले उत्कृष्ट फिल्डिङ गर्दै चार रन आउट गरेका थिए । नेपाली टिमसंग भिडेको थाइल्याण्ड समूह ‘बी’ विजेता कुवेतलाई हतराउँदै फाइनलमा २२ ओभर ४ बलमा आउट हु“दै ७४ रन बनायो । जवाफमा नेपालले २१ ओभरमा ४ विकेट क्षतिमा लक्ष्य पूरा गर्दै इतिहास रचेको थियो । यसअघि पहिलो संस्करणको सेमिफाइनलमा पनि नेपालले थाइल्याण्डलाई उसकै घरेलु भूमिमा ८३ रनले हराएको थियो ।
नेपाली चेलीहरुको विजय जुन चरणमा पनि शानदार रहँदै आएका छन् । यसअघि समूह चरणको अन्तिम खेलमा नेपालले थाइल्याण्डलाई नै ४ विकेटले पाखा लगाएको थियो ।
अन्य समाचारहरु
- खुल्ला ब्याड्मिन्टन प्रतियोगिता सम्पन्न
- स्कूल स्तरीय खुल्ला ब्याड्मिन्टन प्रतियोगिता
- फुटवल कपको उपाधी हिमालयनलाई
- दक्षिण एशियाली भारत्तोलन सम्पन्न : नेपाललाई ६ स्वर्ण, १३ रजत र ११ कास्य
- विश्वमा नेपाल चिनाउने खेलाडीहरुलाई सम्मान
- अन्तराल कप फाइभ ए साइड फुटवल प्रतियोगिता
- शुटिङ्ग प्रतियोगितामा मध्यपश्चिमाञ्चल टिमको बर्चश्व कायम
- राजधानीमा एएफसी च्यालेन्ज कप फुटवल
- पुलिस र पश्चिमाञ्चल महिला भलिबलको सेमिफाइनलमा
- टि–२० क्रिकेटको उपाधि रकर्स क्लबलाई



