लेख/रचना
-
बर्दियामा गड्यौली मलको लोकप्रियता बढ्दैछ
-सविता चौधरी, बर्दिया
२०६८ कात्तिक २९ गते मंगलवार नेपाल सम्वत् ११३२ कछलागाः–६ November15, 2011
बर्दियामा गड्यौली मलको लोकप्रियता बढ्दैछ
कालिका गाविस–३ मयुर वस्ती बर्दियामा अहिले गड्यौली मलको लोकप्रियता निकै बढेकोछ । गड्यौली मल कम्पोष्ट मल भन्दा पनि बढी मलिलो हुने भएकोले पनि यसको लोकप्रियता बढ्न थालेको हो । आजभोलि रासायनिक मलको महँगो, अभाव भएको र कम्पोष्ट मलको कमी भइरहेको बेला गड्यौली मल निकै नै लोकप्रिय छ ।
गड्यौली मल पाल्ने कृषक जनक आचार्यले शुरुमा यो गड्यौली मल काठमाण्डौबाट किनेर ल्याएको बताउनु हुन्छ । उहाँले गड्यौली मल आफ्नो गाउ“का कृषकहरु र आफु जस्तै व्यवसायिक तरकारी खेती गर्ने कृषकहरुलाई एकदम उपयोगी भएको बताउनु हुन्छ । गरीब किसानहरुलाई पनि सजिलो भएको छ, पैसा नभएको बेला पनि आफ्नै घरमा तयार पार्न सकिनेमल प्रयोग गर्न सकिन्छ ।
रासायनिक मलले शुरुमा उब्जनी बढाए पनि पछि घटाउँदै जाने र स्वास्थ्यमा पनि नकारात्मक असर पार्ने भएकोले उनीहरु रासायनिक मल प्रयोग गर्न छोड्न थालेका छन् ।
गाउ“मा गड्यौली मलको बारेमा जनचेतना फैलाउँदै गएकोले धेरैले पाल्न शुरु गरेका छन् ।गड्यौली मल हेर्न बरिपरि छिमेकी गाउँका कृषक र सर्वसाधारणहरु पनि आउने गरेका छन् ।
गड्यौली मल तयार पार्न धेरै झन्झटिलो भने छैन । गड्यौली मल तयार पार्न हावा पास हुने गरी एउटा सानो घर वा झुपडी बनाउने, ६० प्रतिशत झारपात, केराको डा“ठ, कागज, जुट र ४० प्रतिशत गोबर मिसाएर १५–२० दिन जति राख्ने कुहिने क्रममा ओल्टाइ पल्टाई गर्ने, त्यसपछि गड्यौली मिसाएर गड्यौली पाल्ने घरमा वा गड्यौली पालेको ठाउ“मा छोडिदिनु पर्दछ । खाना अनुसार तिनीहरुले मल छिटो र ढिलो तयार गर्छन् । छिटो मल तयार गर्न नरम र छिटो कुहिने खाना दिनुपर्छ । मल पूर्ण रुपले तयार गर्न ६० दिन मात्र लाग्छ ।एक किलो गड्यौली मल तयार गर्न एक किलो गड्यौली चाहिन्छ । १ किलोमा गड्यौली एक हजारदेखि ३ हजारसम्म हुन्छन् ।
गड्यौला भन्दा साना र मसिना भएकोले यो किरालाई गड्यौली भनिन्छ । गड्यौली मल घर घरमा सबैले पाल्न सकुन् भनेर गड्यौली मल पैंचो वा उपहार स्वरुप एकले अर्कोलाई दिने चलन भएको गड्यौली कृषक जनक आचार्यले बताउनु भयो । अहिले मयुर बस्तिमा थुप्रै किसानहरुले गड्यौली पालिरहेका छन् । उनीहरु मध्ये जनक आचार्य, कालुराम चौधरी, गोमा पङ्गाली, अर्जुन क्षेत्री, भिम चौधरी, राम थापा आदि रहेका छन् ।
उनीहरुको मुख्य उद्देश्य रासायनिक मल प्रयोग कम गर्नु र गड्यौली मलको प्रयोगलाई निरन्तरता दिनु हो । सम्पूर्ण कृषक दाजुभाईहरुले रासायनिक मल किन्दा हुने खर्च बचाउन र खोजेको बखत, आवश्यक परेमा तुरुन्त तरकारी खेती धान गहुँ आदि सम्पूर्ण अन्न बालीमा हाल्न सकिन्छ । उनीहरु अहिले आफ्नो तरकारी खेतीमा र आफ्नो बारीको लागि मात्र उत्पादन गरिरहेका छन् ।
गोमा पङ्गाली भन्नुहुन्छ– कुनै सरकारी वा गैरसरकारी संघ संस्थाको सहयोग र प्रचारप्रसार भएमा हामी सम्पूर्ण किसानहरुलाई सहयोग मिल्ने थियो । यसलाई व्यवसायिक रुपमा पाल्न र बेच्न सक्यो भने यसको माग र मूल्य पनि बढ्नेछ । व्यवसायिक गड्यौली पालन
गरी धेरै कृषक आत्मनिर्भर बन्ने सम्भावना पनि देखिन्छ । ०००
अन्य समाचारहरु
- बढ्दैछन् रोजगारका लागि विदेशिनेहरु
- देशको अर्थतन्त्र अग्रगामी हुन नसक्ने
- प्राकृतिक स्रोतको दोहनमा नयाँ नीति आवश्यक
- प्राकृतिक स्रोतको दोहनमा नयाँ नीति आवश्यक
- बर्दियामा गड्यौली मलको लोकप्रियता बढ्दैछ
- नेवार पहिचान
- नेवाः प्रदेशमा गैर नेवाःको अधिकार
- विकलाङ्क हु“दैछन् आर्थिक अंगहरु
- लोकतन्त्रको दिगोपनको लागि स्थानीय स्तरमा समावेशीकरण
- सौन्दर्य कला– केश अर्थात् कपालको बनावट



