साहित्य/भाषा/कला/बहुभाषिक सिर्जना (गजल/हाइकु/मुक्तक/कविता)

  • गजल : मालिनी IIIIIIsssIssIss
    -दिवाकर शर्मा
    २०६८ मंसिर २५ गते आइतवार December 11, 2011

    गजल

    वर्तमान अवस्थामा नेपाली साहित्यका अन्य विधा भन्दा गजल बढी लोकप्रिय विधा हो । तर, गजल प्रायः एक दुई लयमा लेखिएका,े र गाइएको पाइएकोले आआफ्ना मनपर्ने छन्दको अभ्यास गरी गजललाई नया धरातलमा पुयाउन मद्दत मिलोस् भन्ने उद्देश्यले श्री दिवाकर शर्माले लेख्नु भएका १५४ छन्दका गजलहरु छन्दको नाम र सुत्रका साथ जनमतको साहित्यिक पानामा क्रमशः प्रस्तुत गर्दैछौं । छन्दको बारेमा जान्न, बुझ्न खोज्ने महानुभावका साथै गजलकार मित्रहरुले पनि यसबाट धेरै कुरा सिक्न सक्ने हाम्रो विश्वास छ ।सम्पादक


    मालिनी IIIIIIsssIssIss
    छलकपट कथा छन् कन्टकी कामना छन्
    कहर डहर मात्रै आजका साधना छन्
    अमुक अमुक खाले जिर्ण आन्चल्य काम
    लिइकन बढिराका आजका सामना छन्
    भन सखि अब के के गर्नुपर्नेछ मैले
    यस घडि भन तिम्रा के कती कामना छन्
    जड जगत जगाई जन्ति भै जंगलीका
    अघि पछि भइ लाग्ने के कति साधना छन्
    नबुझिकन बुझे है भन्न मात्रै लगाई
    जड जगत जमाई रम्नु यै कामना छन्
    बुझिकन सच नाता सत्यता सार्नलाई
    जग जन तिर के के सोचका कामना छन्
    नबुझिकन नलागे बुझ्न के गर्नुपर्ला
    सच जगत विधाका के कति साधना छन् ।।
    ०००





अन्य समाचारहरु