साहित्य/भाषा/कला/बहुभाषिक सिर्जना (गजल/हाइकु/मुक्तक/कविता)

  • गजल : सग्धरा
    -दिवाकर शर्मा
    २०६८ मंसिर १२ गते सोमवार November 28, 2011

    गजल

    वर्तमान अवस्थामा नेपाली साहित्यका अन्य विधा भन्दा गजल बढी लोकप्रिय विधा हो । तर, गजल प्रायः एक दुई लयमा लेखिएका,े र गाइएको पाइएकोले आआफ्ना मनपर्ने छन्दको अभ्यास गरी गजललाई नया धरातलमा पुयाउन मद्दत मिलोस् भन्ने उद्देश्यले श्री दिवाकर शर्माले लेख्नु भएका १५४ छन्दका गजलहरु छन्दको नाम र सुत्रका साथ जनमतको साहित्यिक पानामा क्रमशः प्रस्तुत गर्दैछौं । छन्दको बारेमा जान्न, बुझ्न खोज्ने महानुभावका साथै गजलकार मित्रहरुले पनि यसबाट धेरै कुरा सिक्न सक्ने हाम्रो विश्वास छ ।सम्पादक

    सग्धरा ssssIssIIIIIIssIssIss

    कालो मैलो सधैको तनमन लिइ यो जानु मैले कहाँ हो
    यो अन्यायी विधाको कटुकपट कथा लानु ऐले कहाँ हो


    साथी मेरा यहाका छलि कपटी भए दुष्ट अन्योलकारी
    यस्तालाई मुसारीकन अब अहिले लानु मैले कहा हो


    धोका दिन्छन् सदा नै हरपल भरिनै शब्द मात्रै छ राम्रो
    थोत्रामोत्रा बटुल्दै जड जगत विधा जानु ऐले कहाँ हो ?


    धेरै भोगे सखाको संग पनि अहिले भोग्नु पर्नेछ धेरै
    यै भोगाई संगै भै जीवन जग विधा लानु मैले कहाँ हो ?


    आऊ मेरा सुसाथी जगत जीवनका सत्यको खोजी गर्न
    भन्दा भन्दै म थाके अब कसरि यसै जानु मैले कहाँ हो ?


    धेरैलाई मुसारे सच बन सखी हो यै कुरा राखि धेरै
    आशालाई नछाडी मिसिदिन अब ता लाग्नु मैले कहाँ हो ?
    ०००





अन्य समाचारहरु