साहित्य/भाषा/कला/बहुभाषिक सिर्जना (गजल/हाइकु/मुक्तक/कविता)

  • शान्ति र एकताका लागि दार्शनिक विचार गोष्ठी सम्पन्न
    जगत वाशिष्ठबाट
    २०६८ मंसिर १२ गते सोमवार November 28, 2011

    शान्ति र एकताका लागि दार्शनिक विचार गोष्ठी सम्पन्न
    काठमाडौ/ नेपाल प्रज्ञा प्रतिष्ठानमा विहिबार विश्व दर्शन दिवसको सन्दर्भमा प्रज्ञाको दर्शन विभागद्वारा आयोजना गरिएको थियो ।

    गोष्ठीमा कुलपति बैरागी काईंला, उपकुलपति गंगाप्रसाद उपे्रती, प्राज्ञ सुलोचना मानन्धर, बेन्जु शर्मा, वूँद राना, विष्णु प्रभात लगायतका साहित्यकारहरु उपस्थित थिए ।

    गोष्ठीमा सभापति डा. सानुभाई डंगोलले पूर्वीय नौ वटा दर्शनमा ६ वटाको मात्र व्याख्या हुने गरेको बताए । उनले बुद्ध धर्मको पञ्चशीलको समेत व्याख्या गरे ।

    कार्यपत्र प्रस्तोता दर्शन शास्त्र तथा मनोविज्ञान विभाग त्रिचन्द्र क्याम्पसका गोविन्दशरण उपाध्यायले शान्ति र एकताका लागि दार्शनिक सोंच शीर्षकमा पेश गरेका थिए । कार्यपत्रमाथि उपस्थित साहित्यकारहरुले टिप्पणी गरेका थिए ।

    सहभागी साहित्यकार राजबहादुर कँवरले कार्यपत्रले दर्शनलाई अध्यात्मवाद तर्फ जोड दिएको बताए ।





अन्य समाचारहरु