समय सन्दर्भ

  • भट्टराई सरकारको मधुमास
    -खगेन्द्र गिरि कोपिला
    २०६८ मंसिर २५ गते आइतवार December 11, 2011

    भट्टराई सरकारको मधुमास
    डा.बाबुराम भट्टराईको नेतृत्वमा बनेको माओबादीमधेशबादी गठबन्धनको सरकारले आफ्नो कार्यकालका सय दिन पुरा गरेको छ अर्थात मधुमास बिताएको छ । सय दिने मधुमासको अवधीलाई सरकारले आफ्नो कार्यसूची बनाउने र प्रतीपक्षले पर्खेर हेर्ने काममा उपयोग गर्दछन् ।

    अरुप्रति सदैब आक्रोशित र असहयोगी मुद्रामा रहने डा.बाबुराम भट्टराईलाई प्रतिपक्षीहरुले भने राम्रैगरि सहयोग र प्रशंसा गरेको देखियो तर यो समयलाई उनैले आफ्नो कार्यसूची बनाउने काममा राम्ररी लगाउन नसकेर खेर फालेको देखियो ।

    नेपालको इतिहासमा सबैभन्दा बढी आश गरिएका, अनगीन्ती अपेक्षा राखिएका र प्रतिपक्षीबाट समेत प्रसंशित भएका डा.भट्टराईको सपथ ग्रहणपछिको प्रारम्भिक शुरुआत जति उत्साहजनक थियो त्यसपछिको गति र शैली भने अत्यन्त निराशाजनक रह्यो । बिदेशी समुदायले र भारतीय शक्तिकेन्द्रले रुचाइएका भट्टराईले आफूमाथि लागेको भारतको मान्छे भन्ने आरोपलाई कहिल्यै पखाल्न सकेनन् । बरु देशलाई कुनै थाहा नै नदिई दिल्ली गएर भारतसित सुटुक्क बिपा सम्झौता गरी उनले आफु भारतकै मान्छे भएको पुष्टी गर्ने काम नै गरे ।

    भट्टराईलाई अरुले होइन उनकै पार्टीको यौटा ठूलो हिस्साले यस्तो आरोप लगाउने गरेको सन्दर्भमा प्रतीपक्षीहरुको यस्तो आरोपलाई विरोधको लागि विरोध भनेर मात्र नजरअन्दाज गर्न सकिदैन। नेपालका बुद्धिजीवीहरुले भट्टराईलाई कोइराला बंशकै हाराहारीमा राखेर भारतको हीत गर्ने प्रतीनिधीपात्र बनाएर टिप्पणी गर्ने गरेका छन् । उनले यसको प्रतिबाद नगर्नुले बुद्धिजीवीहरुको तर्कलाई बल पनि मिलेको छ । आफ्नै पार्टीको पनि राम्ररी साथसहयोग नपाएको स्थितिमा मधेशबादी दलका लोभी नेताहरुको भरमा उनले प्रधानमन्त्रीको पदमा जाने रहर किन गरेका रहेछन्? भन्ने कुरा बिपा सम्झौता भएपछि मात्रै थाहा भो ।

    राष्टूीय संकटमोचकको रुपमा प्रधानमन्त्रीको पदमा पुयाइएका भट्टराईले आफ्नो दावा अनुसार आफूलाई सबैको प्रधानमन्त्री बनाउने तर्फ बोली र व्यवहारले लगाउन सकेनन् । उनको कार्यशैली केवल माओबादीको प्रधानमन्त्री बन्नमैँ सीमित रह्यो । हिजो माओबादीमा रहँदा ताकाकै जस्तो रुखो बोली, असंवेदनशील तर्क, छुच्चा जीब्रो, अरुलाई गाली गर्ने बानी र गल्ती स्वीकार्न नसक्ने स्वभावकै निरन्तरता दिएर उनले प्रधानमन्त्री पदको गरिमालाई जोगाउन सकेको देखिएन । आफ्ना स्वभावजन्य कमजोरीहरु हटाउन नसक्दा जनताले उनबाट हार्दिकता, आत्मियता, सौहाद्रर्ता र फराकिलोपनाको जुन आशा गरेका थिए त्यो बिस्तारै खिइदै गयो र जनमानसमा भट्टराई पनि उस्तै भन्ने तर्कले प्रभावित गर्न थाल्यो ।

    भट्टराईको पिएचडीको डिग्री, मितव्ययी जीवशैली र मुस्ताङ् गाडीजस्ता झिनामसिना कुराहरुले मिडियामा उनलाई शुरुशुरुमा हिरो बनाए पनि बिस्तारै उनको अनुहारमा पनि सत्ताको गाजल लतपतिन थाल्यो । जम्बो मन्त्रीमण्डलको गठनले उनको सुशाशनको नाराको बेलुनबाट हावा फुस्किन बेर नै लागेन । संविधान सभाका दश प्रतिशत सदस्यहरुलाई पनि मन्त्री नबनाएकोले ५० जनाको आफ्नो मन्त्रीमण्डल पनि सानै हो भनेर उनले जसरी हल्का तर्क दिएर सवैसाधारण जनताको संवेदनासित खेल्ने काम गरे त्यसबाट उनको विद्यताको रङ्ग पनि खुइलिन पुग्यो । आफ्ना कार्यकर्ताहरुमाथि लागेका हत्याहिंसाका व्यक्तिगत मुद्दाहरु हचुवाको भरमा फिर्ता लिएर उन्मुक्ति दिने काममा उनले गरेको जिद्दी यौटा जिद्दीवाल केटाको जस्तै देखियो । त्यसमा सुशाशनका लागि दत्तचित्त प्रधानमन्त्रीको छवि प्रकट हुन सकेन ।


    सत्ताको लागि जुनसुकै हदसम्म पनि गिर्न सक्ने भनेर आरोपित हुने गरेका मधेशबादी दलहरुसितको गठबन्धनका प्रधानमन्त्री भएको कारणले भट्टराईका सामु निकै सिमितता थिए र छन् । तर यस सरकारमा रहँदासम्म उनले मधेशबादी दलहरुका अनावश्यक मागको अगाडी नझुकेर अरु केही काम गर्न नसके पनि मूल्यमान्यता र अनुशाशनको अगाडी कुनै किसिमको सम्झौता नगर्ने मान्छेको छवि बनाउन सकेको भए भविष्यमा त्यो छवि उनैलाई काम लाग्ने थियो । तर अफशोच विगत सय दिनमा राजनीतिका मूल्यमान्यता र अनुशाशनहरु तोड्ने र सत्तासुविधाको ।





अन्य समाचारहरु