सम्पादकीय

  • शहिदलाई बिर्संदै, तर संख्या थप्दै
    -पूर्ण लाल चुके
    २०६८ माघ १५ गते आइतवार नेपाल सम्वत् ११३२ सिल्लाथ्वः६ JANAMAT(Bi-Weekly) Janaury 29, 2012

    शहिदलाई बिर्संदै, तर संख्या थप्दै
    मुलुकमा देश र जनताको स्वतन्त्रताका लागि भनी गरिएको हरेक आन्दोलन र शसस्त्र व्दन्व्दमा हजारौं नेपाली जनताले बलिदान
    गरिसकेका छन् । शहिदहरुकै बलिदान र आत्माहुतिका कारण मुलुकमा धेरै पटक आमूल राजनीतिक परिवर्तन भएका छन् । तर, देशमा पटकपटक भएको जनआन्दोलनमा जनआन्दोलनमा सहभागी हुन जसरी हाम्रा नेताहरुले आश्वासन बाँडे, अगुवाई गरे त्यस अनुरुप आमूल राजनीतिक परिवर्तन भए पनि नेपाली जनताले परिवर्तनको प्रत्याभूति गर्न पाएका छैनन् । उल्टै सरकार र राजनीतिक दलहरुले सर्वसाधारण नागरिकलाई पीडा हुने खालका, निराशा जगाउने खालका थुपै्र कामहरु भएका उदाहरणहरु हाम्रो सामु विद्यमान छन् ।


    नेपालमा १०४ वर्ष सम्म जहानिया राणा शासन लाद्ने शासकहरुका विरुद्ध प्रजातन्त्रको स्थापना र नागरिकको स्वतन्त्रतापूर्वक बाच्ने अधिकारको वहालीका लागि हासी हासी फासीमा झुण्डिएर बलिदान दिने शहिदहरु गंगालाल, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्दको स्मृतिमा हरेक वर्ष माघ १६ गतेका दिनलाई शहिद दिवसको रुपमा मनाउने गरिन्छ । शहिद दिवसको दिन शहिदहरुको बलिदानबाट भएको परिवर्तनका बारेमा चर्चा परिचर्चा गरिन्छ । तर, उनीहरुले के का लागि बलिदान गरे र उनीहरुले गरेको बलिदानको कदर स्वरुप कुन त्यस्तो ठोस काम भए भन्ने कुनै उल्लेखनीय छैन ।


    बरु ती देश, जनता र प्रजातन्त्रका लागि बलिदान हुने शहिदहरुको सपना साकार गर्ने त परै जाओस् उनीहरुलाई अपमान गर्ने जस्ता थुप्रै क्रियाकलापहरु हाम्रा राजनेता र सरकारबाट भइरहेका छन् । मुलुकमा गणतन्त्र स्थापना भएपछि त झन् शहिद जस्तो अत्यन्तै सम्मानित उपाधि गलत ढंगबाट गलत व्यक्तिहरुलाई दिने जस्ता घटनाले शहिदहरुको अवमूल्यन गर्ने काम भइरहेको छ, जुन अत्यन्तै दुःखद् पक्ष हो । विभिन्न अपराधिक घटनामा मारिएका व्यक्तिहरुलाई समेत शहिद घोषणा गर्ने जस्ता काम सरकारी पक्षबाट भइरहेको छ । यो एउटा उदाहरण मात्र हो । जसको तीव्र प्रतिवाद नागरिक समाजबाट भएका छन् ।





अन्य समाचारहरु