सम्पादकीय

  • प्रभावकारी कार्यान्वयनमा जरुरी
    -पूर्ण लाल चुके
    २०६८ पुस १७ गते आइतवार नेपाल सम्वत् ११३२ थिँलाथ्वः११ JANAMAT(Bi-Weekly) Janaury1, 2012

    प्रभावकारी कार्यान्वयनमा जरुरी
    मानिसले कुनै वस्तुको सेवन वा प्रयोग गर्दा यसले आर्थिक रुपमा मात्र होइन स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पर्दछ भन्ने कुरा जानीजानी पनि र अञ्जानमा पनि प्रयोग र सेवन गर्न छाडेका हुँदैनन् । सुर्तीजन्य पदार्थ सेवनमा नेपालीहरुको यस्तै अवस्था छ । अशिक्षा र अज्ञानताको कारणले सेवन गर्ने वर्ग र शिक्षित वर्गले पनि सुर्तीजन्य पदार्थको व्यापक रुपमा सेवन गर्ने प्रवत्ति बढेको छ । संगठित नागरिक समाजको निरन्तर दवाव पछि बल्ल बल्ल संसद्ले विधेयक पारित गरेको पाच महिना बिती सक्दा पनि प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन ।


    बाँके जिल्लामा प्रहरी प्रमुख विक्रम सिंह थापा आएको एक महिनाको अवधिमा सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गर्नेहरु माथि कार्यवाहीको प्रक्रिया अघि बढाइएको प्रयास सराहनीय छ । यसका लागि सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न बनेको ऐनलाई कार्यान्वयन गराउनका लागि प्रहरी प्रशासनको तर्फबाट पहल भए तापनि अब नागरिक समाज जुर्मराउनु आवश्यक छ । प्राथमिक स्वास्थ्य सेवा श्रोत केन्द्र (रेस्फेक)का अगुवाई र ५३ जिल्लामा रहेका स्वास्थ्य अधिकार तथा सुर्तीजन्य वस्तु नियन्त्रण सञ्जालहरुको प्रयासमा जनचेतना जगाउने काम निरन्तर भइरहेकोछ ।

    शुक्रवार प्राथमिक स्वास्थ्य सेवा श्रोत केन्द्र (रेस्फेक) र बाँके जिल्लामा रहेका स्वास्थ्य अधिकार तथा सुर्तीजन्य वस्तु नियन्त्रण सञ्जाल, बाँकेको आयोजनामा सम्पन्न क्षेत्रीय गोष्ठीमा सहभागी विभिन्न जिल्लाबाट आएका सहभागीहरुले तीन बुँदे निर्णय गरेर यो अभियानलाई अझै प्रभावकारी रुपमा अघि बढाउने र सुर्तीजन्य वस्तु नियन्त्रण नियमन ऐनको प्रभावकारी कार्यान्वयनका लागि दवाव दिने प्रतिवद्धता जाहेर गरेका छन् । ऐन कार्यान्वयन गराउन नियमावली नबनेकोमा ध्यानाकर्षण गराउने र २०६८ कार्तिक १८ गतेदेखि सुर्तीजन्य पदार्थको प्याकेटमा ७५ प्रतिशत जनचेतनामूलक सन्देश देखिने गरी बट्टा निर्माण गरिनु पर्नेमा नगरिएको तर्फ पनि ध्यानाकर्षण गरिएको छ । सरकारले कानून ऐन मात्र बनाएर हुँदैन यसको प्रभावकारी कार्यान्वयन गरेर जनताको स्वास्थ्यसंग प्रत्यक्ष सरोकर राख्ने यस्तो विषयमा गम्भीर हुनु आवश्यक हो ।





अन्य समाचारहरु