देशान्तर
-
मदिराले डेढ सयको ज्यान लियो
By: News Agencies
२०६८ पुस ३ गते आइतवार December 18, 2011
मदिराले डेढ सयको ज्यान लियो
नेपालगन्ज/ भारतको पश्चिम बंगालमा सहरका झुपडी र गाउँहरुमा प्याकेटको दस रुपैयाँ पर्ने ‘देसी दारु’ कम्ती लोकप्रिय थिएन । तर मंगलबार रातिबाट यो अवैध मदिराले यहाँ ठूलो आतंक फैलाएको छ । मदिरा सेवनपछि कम्तीमा १ सय ४३ जनाले ज्यान गुमाइसकेका छन् ।अरु सय जनाभन्दा बढी विरामी अस्पतालमा उपचार गराइरहेका छन् । साउथ ट्वान्टी फोर पर्गनाम जिल्लाका १२ वटा गाउँका बासिन्दा मदिरा सेवनपछि बिरामी परेका हुन् । संग्रामपुर, मग्राहत, उस्थी, मन्दिर बजर लगायतका क्षेत्र बढी प्रभावित छन् । प्रहरीले कारवाही गर्ने डरले अस्पताल नगएपछि केहीको घरमै मृत्यु भएको थियो । बिरामीको अवस्था गम्भीर भएकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने चिकित्सकहरुले बताए ।
कोलकाता नजिकैको डाइमन्ड हार्वर अस्पतालमा मंगलवार रातियता बिरामी ओइरिरहेका छन् । बिरामी धेरै भएकाले सबैलाई बेड पुगेको छैन । सलाइन झ्यालमा अड्याएर समेत उपचार भइरहेको छ । अस्पताल बाहिर शवगृहमा आफन्तहरु रोइकराइ गरिरहेका छन् । परिवारको कमाई गर्ने छोरो गुमाएपछि संग्रामपुरकी ५० वर्षीया एक महिला अस्पतालबाहिर ७ वर्षीया नातिनी काखमा लिएर बिनौना गरिरहेकी थिइन् ।
पश्चिम बंगाल सरकारले मृत्युबारे छानबिन गर्न निर्देशन दिएको छ । मुख्यमन्त्री ममता वनर्जीले गैरकानुनी मदिरा उत्पादन र विक्रीविरुद्ध कडा कारवाही गर्ने बताइन् । उनले पीडित परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरिन् । ढिला अस्पताल आइपुगेकाले मृत्यु हुनेको संख्या बढेको चिकित्सक सैकत कुन्दुले बताए । मृतकका आफन्तहरु मदिरा उत्पादकप्रति क्रुद्ध छन् ।
अन्य समाचारहरु
- भाजपाका पूर्व अध्यक्षलाई जेल सजायँ
- पत्नीको शवसंग पनि यौन सम्पर्क राख्ने कानून
- अमेरिकाले भारतसंग माफी मागे
- अमेरिकी सहायक विदेश मन्त्रीको नेपाल भ्रमण
- महिला बेचविखन कार्य इराकमा मौलायो
- मदिराले डेढ सयको ज्यान लियो
- कलकत्ताको अस्पतालमा भिषण आगलागी
- चरेस तस्करी गर्ने भारतमा पक्राउ
- चरेस सहित नेपाली युवक पक्राउ
- राष्ट्रपतिको कतार भ्रमणमा सहमति



