देशान्तर

  • कलकत्ताको अस्पतालमा भिषण आगलागी
    .
    २०६८ मंसिर २५ गते आइतवार December 11, 2011ँ

    कलकत्ताको अस्पतालमा भिषण आगलागी
    नेपालगन्ज/ भारतको कोलकत्ताको एक अस्पतालमा भएको आगलागीमा परी कम्तिमा ८९ जनाको मृत्यु भएको छ । अधिकांशको मृत्यु निसास्सिएर भएको बताइएको छ ।

    कोलकत्ताको ढाकुरियास्थित एएमआरआई अस्पतालमा शुक्रवार विहान आगलागी भएको हो । दमकल र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रण लिइएकोछ । पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जीले आगलागीमा पर ८९ जनाको मृत्यु भएको पुष्टी गर्नु भएको छ । मृत्यु भएका मध्ये ०७ जना उपचारत विरामी रहेका छन् भने ३ जना अस्पतालका कर्मचारी रहेको एएमआरआईले जनाएको छ ।


    आगलागीमा परी घाइते भएका ९० जनालाई अन्य अस्पतालमा भर्ना गरिएकोछ । पश्चिम बंगालका मुख्यमन्त्री बनर्जीले घटनास्थलको निरिक्षण गरी घाइतेहरुको तत्काल उपचार गर्न निर्देशन दिनु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

    आगलागीको कारण खुलेको छैन । तर, अस्पताल विरुद्ध लापरवाहीको मुद्दा दर्ता भइसकेको जनाइएको छ ।





अन्य समाचारहरु