देशान्तर

  • चरेस तस्करी गर्ने भारतमा पक्राउ
    सकिल अहमद सिद्दीकी
    २०६८ कात्तिक २९ गते मंगलवार November15, 2011

    चरेस तस्करी गर्ने भारतमा पक्राउ
    रुपईडिहा/ पालबाट अवैध सामान बोकेर भारत आउने नेपालीहरु सिमानाको प्रहरीहरुको पञ्जामा पर्ने गरेका घटना दिनप्रति दिन बढीरहेकोछ । धेरैजसो ज्याला लिएर अर्को तस्करको सामान ओसार्ने मध्येका रहेका छन् । तर, नेपाली भूमिबाट भने थुपै सुरक्षा चौकी र बेरियर पार
    गरेर निर्वाध रुपमा जाने गरेको घटना भने रहस्यमय नै छ ।


    आइतवार रुपइडिहा स्थित एस.एस.बि.ले दुई जना नेपाली युवकलाई चरेस सहित पक्राउ गरेको छ । मादक पदार्थ, नक्कली नोट, विष्फोटक पदार्थ तथा प्रतिवन्धित पदार्थको नियनत्रणका लागि भनि स्थापित भारतीय अद्र्धसैनिक बलको सातौ वाहिनी एस.एस.बि.का कम्पनी सेना नायक अश्विनी कुमारको नेतृत्वमा अपरान्ह बाँके कचनापुर९ का २८ वर्षिय जगवीर खत्री र दांग धरनाग गाविसका ३० वर्षिय रेशम न्यौपानेलाई पक्राउ गरेको हो ।


    उनीहरुको झोला खानतलासी गर्दा एस.एस.बि.ले दुई केजी २६० ग्राम चरेस बरामद गरेको थियो । उक्त चरेस सहित उनीहरुलाई आवश्यक कानूनी कार्यवाहीका लागि रुपइडिहा प्रहरी थानामा चलान गरिएकोछ ।





अन्य समाचारहरु