देशान्तर

  • चरेस सहित नेपाली युवक पक्राउ
    सकिल अहमदबाट
    २०६८ कात्तिक ७ गते सोमवार October. 24, 2011

    चरेस सहित नेपाली युवक पक्राउ
    रुपइडिहा/ सीमा पारीको भारतीय प्रहरीले चरेस सहित एक नेपाली युवकलाई पक्राउ गरेकोछ । सुराकीको सूचनाको आधारमा रुपइडिहाको रोडवेज बसमा खान तलासी लिंदा प्रहरीले ती युवकलाई साढे पाँच के.जी. चरेस सहित पक्रउ गरेको हो ।


    रुपइडिहा थानाका इञ्चार्ज महेन्द्र नाथ दुबेले दिएको जानकारी अनुसार इदगाहा डिपोमा छापा मारेर कर्णे कामी नामक नेपाली युवकलाई गिरफ्तार गरेर साढे चार लाख मूल्य बराबरको उक्त चरेस बरामद गर्न प्रहरी सफल भएको थियो ।


    कामी उक्त बसमा लखनऊ जान लागेका थिए । थाना प्रभारी दुबेका अनुसार निजलाई अपराध संख्या ५६७ को ०११ धारा ८/२० एनडिपिएस अन्तर्गत कानूनी कारवाही अगाडी बढाइनेछ ।


    उल्लेखनीय छ, यस अघि पनि पटक पटक रुपइडिहा स्थित भारतीय प्रहरी र एस.एस.बि.ले चरेस बरामद गर्ने गरेका समाचार सार्वजनिक हुने गरेको छ । तर सीमा वारी नेपाली प्रहरीहरुबाट भने सहजै पार हुने गरेका छन् । (समाचार र फोटो सकिल अहमदबाट)





अन्य समाचारहरु