देशान्तर

  • राष्ट्रपतिको कतार भ्रमणमा सहमति
    माधव राम वर्माबाट
    २०६८ असोज २६ गते विहीवार Oct. 13, 2011

    राष्ट्रपतिको कतार भ्रमणमा सहमति
    नेपालगन्ज/ कतारको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति डा. रामवरण यादवले त्यहाँका अमिर अलथानीसंग उच्चस्तरीय भेटवार्ता गर्दै हुनुहुन्छ ।

    भेटवार्ताका लागिराष्ट्रपति यादव वीचको भेटवार्तामा दुई पक्षीय सम्बन्धका विषयमा कुराकानी भएकोछ । त्यसपछि पर्यटन प्रवद्र्धन र कतारमा रहेका नेपालीलाई कानुनी परामर्श सहयोग सम्बन्धि दुई वटा समझदारीमा हस्ताक्षर भएकोछ ।

    भ्रमणमा सहभागी भौतिक तथा निर्माण मन्त्री हृदयेश त्रिपाठीले नेपालको तर्फबाट हस्ताक्षर गर्नु भएको सहमतिपत्रमा पर्यटन प्रवद्र्धन नेपाली कामदार पारिश्रमिक, संख्या वृद्धि, नेपालमा कतारको दूतावास स्थापना, नेपालमा लगानी जस्ता विषयहरु छन् ।

    १५ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै राष्ट्रपति यादव चार दिने भ्रमण पछि आज स्वदेश फर्कने कार्यक्रम छ ।







अन्य समाचारहरु