सौन्दर्य कला
-
हात, नङ र औंलाको हेरचाला (Manicure)
-विश्वशान्ति श्रेष्ठ
२०६८ मंसिर २५ गते आइतवार December 11, 2011
हात, नङ र औंलाको हेरचाला (Manicure)
सौन्दर्य हरेक मानिसको लागि चासो र रुचिको विषय हो । त्यसैले जनमतले नियमित रुपमा सौन्दर्य कला स्तम्भ शुरु गरेको छ । यस स्तम्भमा वरिष्ठ सौन्दर्य कला विशेषज्ञ विश्वशान्ति श्रेष्ठद्वारा लिखित तथा नारायण श्रेष्ठद्वारा प्रकाशित नेपालमा दुर्लभ मानिएको केश सज्जा र सौन्दर्य कला पुस्तकबाट साभार गरिएका सौन्दर्य कला सम्बन्धि उपयोगी र रोचक अंशहरु नियमित रुपमा प्रकाशित गर्दैछौं । यस पेशामा झण्डै २५ वर्ष भन्दा लामो अनुभव हाँसिल गर्नु भएका श्रेष्ठ दम्पत्तीले भारतको राजधानी नयाँदिल्लीमा अन्तर्राष्ट्रिय स्तरका ५ वटा व्यूटीपार्लर संचालन गरिरहेका छन् । विज्ञ पाठकहरुको सुझावको अपेक्षा गरिन्छ । केही समय यो स्तम्भ स्थगित भएकोमा क्षमा चाहन्छौं । सम्पादक
Manicure (मैनिक्योर) लैटिन शव्द हो । मैनि को अर्थ हो हात र क्योर को अर्थ हेरचाह हो । हात, नङ र औंलाको हेरचाहलाई नै मैनिक्योर भनिन्छ । एउटा हत्केलामा मात्र २८ वटा हड्डी हुन्छन् । जुन व्यवस्थित हुन्छन् । हातमा आΗनै लचिलोपन छ ।
मैनिक्योर गर्दा के गर्नु पर्छ :
१. नङ पालिस नेल रिमुवरको मद्दतले हटाउने ।
२. नङको अवस्था हेर्ने
(क) नङमा कतै पिप त जमेको छैन भनेर,
(ख) काटेको, पालेको छ छैन हेर्ने,
(घ) भाँच्चिएको छ छैन हेर्ने ।
(ङ) इन्फेक्शन भएको छ छैन हेर्ने ।३. नङ काटेर ग्राहकसंग सोधेर कस्तो किसिमको नङको आकार चाहिने हो सोही अनुसार गर्ने ।
४. हल्का मनतातो पानीमा जसमा अलिकति शेम्पू डेटोल र हाइड्रोजन फारोक्साइडको केही थोपा पनि हाल्नु पर्छ । त्यसमा हातलाई ५ मिनेटसम्म डुबाउने ।
५. त्यसपछि हातलाई निकालेर पुछ्ने र क्रिम नङहरुमा लगाउने र नङको उपचार गर्ने ।
(क) क्यूटिकलमा क्युटिकल प्रेसरको मद्दतले सुस Back गर्ने ।
(ख) नङ भित्र बाहिर बु्रशको मद्दतले सफा गर्ने ।
(ग) नङ भित्रको मैलो अरेन्ज स्टिकको मद्दतले सफा गर्ने ।
(घ) सफा पानीले ग्राहकको हत्केलाहरु धुने ।
(ङ) हातहरुको मसाज कुइनासम्म गर्ने । मसाज गरेपछि हात पुछिदिने । नङ भित्रको क्रिम सफा गर्ने । त्यसपछि नेल पलिस लगाई दिने ।Deluxe Manicure M यसमा मेनिक्योर गर्नु भन्दा पहिला ब्लीच लगाउने । त्यसपछि अझ मेनिक्योर गर्दा खेरि जस्तै गरेर मसाज गर्ने । तर मसाज गरेपछि भाइब्रेटरी मसाज दिने र पछि राम्रो पैक हातमा दिने ।
पैक Pack
३ चिया चम्चा तेल (ओलिय अथवा हाडे बदामको)
१ अण्डाको पहेलो भाग
६ चम्चा मह
यी माथिको चीजहरु बेलनामा मिसाएर लगाउने । यो पैक सुखेपछि भिनेगर पानीले धुने । त्यसपछि नङ पालिस लगाउने ।Super Deluxe Manicure:
यसमा तेलको प्रयोग गरिन्छ, ब्लीच लगाइदैन । साधारण मैनिक्योर गरिन्छ । यसमा तेलमा औंलाहरु डुबाइन्छ । कपासको टुक्राहरुलाई पानीमा भिजाएर राखिन्छ । त्यसपछि हल्का तातो तेलमा राखेर हातलाई ढाकिन्छ र १०१५ मिनेटसम्म छोडिन्छ । त्यसपछि यसलाई हटाएर हातको मसाज गरिन्छ । फेरि हातलाई पुछेर ओजोन दिइन्छ । अनि पैक लगाएर धोएर नङ पालिस लगाइ दिइन्छ ।Padicure (पडिक्योर) पनि एउटा लैटिन शव्द हो । Padi को अर्थ खुट्टा र cure को अर्थ हेरचाह हो । यसरी यस पेडिक्योरमा खुट्टा, पाइताला र यसको औंलाहरुको हेरचाह हुन्छ ।
हाम्रो पाइतलामा २६ वटा हड्डीहरु, ३३ वटा जोर्नीहरु र १६ वटा माँशपेशीहरु हुन्छन् । यो पाइतलामा Arch जस्तो भएर बनेको हुन्छ, जो साधारणतयाः लचिलो हुन्छ र हिंड्दा खेरि कुशनको काम गर्छ ।
पाइतलाको समस्याहरु :
१. एथेलिटिक (Watery blisters)
२. Ingrowing Nails३. Tined Feet
४. Corus
५. एक्जिमा, Ring Worm आदि ।
पेडिक्योर गर्दा चाहिने सामानहरु :
१.सजिलोसित सारिन सकिने सानो स्टुल ।
२.तातो पानीको भाँडा ।
३.एन्टिसेप्टिक लोशन (डेटोल आदि)
४.तौलियाहरु
५.प्लास्टिकको एप्रोन
६.खुट्टाको नङ काट्ने Clipper७.नेल फाइल Orange Stick
८.Pedicure Set
९.Scalpal / Razor
१०. Smoother (Foot File)
११.Foot Creaper१२.Nail Brush
१३.प्युमिक स्टोन
१४.शेम्पू
१५.अमोनिया
१६.Rock Salt
१७.क्रिम, पेट्रोलियम जेली
१८.क्युटिकल Softe१९.नेल पालिस
२०.नेल बफरPedicure
(पेडिक्योर) गर्ने तरिका :
दुई तरिकाबाट पेडिक्योर गरिन्छ । यदि खुट्टाको औंलाहरु नरम छ भने त्यसलाई काटेर फाइल गरेर त्यसपछि नङ पालिस उतारिन्छ । यदि त्यो नङ कडा अथवा साह्रो छ भने पहिला पानीमा भिजाइन्छ । त्यसपछि पाइतालाको उपचार गरिन्छ र पछि गएर नङ काटेर फाइल गरेर आकार दिइनछ । खुट्टालाई डेटोल पानीमा डुबाउनु भन्दा पहिला त्यसको अवस्था हेर्नु पर्छ ।
यदि त्यसमा निम्न कुराहरु छैन भने १.नङमा पीप छैन भने,
२. काटेको, भाँचिएको छैन,
३. काँडा आएको (Corns) छ छैन
४. एक्जिमा
५. कुनै रोग
६. रुघा, खोकी र ज्वरो ।
१. नङ पालिस हटाउने
२. नङलाई काटेर, फाइल गर्दा औंलाहरु चौकोर आकारमा फाइल गरे राम्रो हुन्छ । हल्का मनतातो पानीमा, १ कप शेम्पू, १ कप हाइड्रोजन पारोक्साइड र केही थोपा डेटोल राख्ने । यदि खुट्टा अति नै फोहोर छ भने केही थोपा अमोनिया र एक चुट्की Rock salt राख्ने यो नभए सोडा बायोकर्न राखे पनि हुन्छ ।५१० मिनेटसम्म पानीमा खुट्टालाई डुबाएर राख्ने त्यसपछि मसाज गर्ने ।
पाइतलाको उपचार (Sole Treament) :
पाइतालोको साह्रो छालामा Scraper (स्क्रापर) र प्युमिक स्टोन (Pumic Stone) को प्रयोग गरिन्छ । पाइतलालाई यी माथिका चीजहरु प्रयोग गर्नुभन्दा अगाडि पाइतलाहरुलाई पहिला पानीमा भिजाउनु पर्छ । क्रमशः
अन्य समाचारहरु
- सुन्दरताको लागि आधारभूत तत्वहरु
- हात, नङ र औंलाको हेरचाला (Manicure)
- फेसियल गर्दा हुने फाइदा (Benefits of Fecial)
- फेसियल गर्दा हुने फाइदा (Benefits of Fecial)
- छालाको बनावट (Skin Anatomy)
- चायाँ र उपचार विधि (Dandruff and Treatment)
- कपाललाई कसरी स्वस्थ राख्ने ?
- मेहदी (Heena) बारे संक्षिप्त जानकारी
- कपाल रंगाउने बारे संक्षिप्त जानकारी
- लामो कपाल कसरी सम्हाल्ने ?



