सौन्दर्य कला

  • फेसियल गर्दा हुने फाइदा (Benefits of Fecial)
    -विश्वशान्ति श्रेष्ठ
    २०६८ कात्तिक २९ गते मंगलवार November15, 2011

    फेसियल गर्दा हुने फाइदा
    (Benefits of Fecial)


    समयसमयमा फेशियल गरेमा छाला र अनुहारको बनावट, चमक र लचिलोपनलाई बचाएर राख्छ । यसले अनुहारमा चाउरीपन छिटो हुँदैन । जुन एउटा बढ्दो उमेरको संकेत हो ।


    फेशियल गर्नाले निम्न किसिमको फाइदाहरु हुन सक्छन्-
    १.अनुहार राम्रो गर्नुको साथै लचिलोपनलाई बचाउँछ ।
    २.रक्त संचार राम्रोसंग हुन्छ ।
    ३.Muscular tone

    ५.छालाको Cell को मात्रा बढाउँछ ।
    ६सुरक्षा क्रिमको प्रयोगबाट बचाउँछ ।
    ७.छालाको बहावमा वृद्धि गराउँछ ।
    ८.त्वचा भित्रको पानीको मात्रालाई हटाउँछ ।
    ९.त्वचाको लाइन तथा चाउरी परेको ठाउँलाई विस्तारै हटाउँछ ।


    १०.शरीर तथा दिमागलाई आराम दिन मद्दत गर्छ, जसले सुन्दर देखाउनमा महत्वपूर्ण भूमिका निभाउँदछ ।अनुहारको मसाज गर्दा आरामदायक वातावरण हुन जरुरी छ । व्युटिशियनहरुको औंलाहरु लचिलो हुनु जरुरी छ, जो अनुहारको विभिन्न भागहरुमा सही दबाब दिन सकोस् । उनीहरुलाई थाहा हुनु पर्छ कि कहाँ, कुन ठाउँमा छोएमा ग्राहकले आराम पाउन सकोस् ।


    सौन्दर्य विशेषज्ञ (ब्युटिशियन)हरुमा व्यक्तिगत स्वस्थ्य:
    व्यूटिशियनहरुले आफ्नोनङहरु काटेको र राम्रोसंग फाइल गरेको हुनु पर्छ । ग्राहकको अगाडी आफ्नोहातहरुलाई राम्रोसंग धुनुपर्छ । त्यसो भएपछि ग्राहकमाथि तपाईको विश्वास बढ्छ । वास वेसिन पनि ब्युटी (सौन्दर्य) कोठामा हुनु जरुरी छ । पोशाक पनि सफा र मिलेको लगाउनु पर्छ । साधारण भए पनि ब्युटिशियनहरु मिलनसार प्रवृत्तिको हुनु जरुरी छ ।


    सेवाग्राहीलाई तयार पार्दा:
    ग्राहकलाई नम्र भएर ब्लाउज खोल्न लगाउन र गाउन लगाउन भन्नुपर्छ । यदि सुनको गहनाहरु लगाएको छ भने खोल्न लगाउनु पर्छ । उसलाई उपचार गर्ने ओछ्यानमा सुताउने । टाउकोमा हेयर बैण्ड लगाउने ताकि कपाल अनुहारमा नआओस् । त्यसपछि छात्तीलाई तोलियाले ढाक्नु पर्छ ।


    मसाज गर्दा अपनाउनु पर्ने नियम :
    मसाज गर्दा उचित ठाउँमा गरेन भने छाला छिटो उल्टोतिर ढल्किन्छ । त्यसैले मसाज गर्नुपर्छ । पहिले पनि नियम अनुसार मसाज गर्नु पर्छ ।


    १.सबै मसाजको चालहरु गालाबाट भएर कञ्चटमा जान्छ ।
    २.सबै मसाजको चाल नाकबाट भएर माथि निधार हुँदै कञ्चटमा जान्छ ।
    ३.आखाको मसाज गर्दा यसमा दवाव आँखामाथि नभइकन आँखामुनि पर्छ ।
    ४.सबै मसाजको चालहरु निधारबाट भएर कपालको रौंहरुको लाइनमा जान्छ ।
    ५.मसाज सकिनु भन्दा पहिला, अनुहारको वीचमा आएर कञ्चटमा पुग्छ ।
    ६.मसाज सकिनु भन्दा पहिला, अनुहारको वीचमा आएर कञ्चटमा पुग्छ ।
    ६.सबै मसाजको चालहर घाँटीमा तलतिर जान्छ ।
    ७.अनुहारको मसाजको अन्त कञ्चटमा आएर हुन्छ ।


    सुख्खा र साधारण त्वचाको लागि फेशियल :
    १.सफाई : त्वचाको सफाई गर्दा क्लिन्जिंग क्रीमको प्रयोग गर्नुपर्छ । यसको पनि ३ भागहरु छन् ।
    १.महिला त ग्राहकको टिका हटाउने, त्यसपछि गिलो कपासमा क्लीन्जिंग क्रीम राखेर गोलो गरेर घुमाएर, त्यसपछि (Criss Cross) मसाज गर्नुपर्छ । लिपस्टिक हटाउँदा तलबाट माथि जादै वीचको भागमा पुछ्नु पर्छ । त्यस्तै प्रकारले माथिल्लो ओंठमा पनि गर्नु पर्छ ।
    आँखाको मेकअप हटाउँदा भित्रबाट सफा गर्दै बाहिर कन्चटतर्फ आउनु पर्छ । आइलाइनर हटाउने, आइसैडो र आँखी भौंको कलर सफा गर्ने, मस्कारा लगाएर सम्भव भयो भने त्यसको र गाजलको पनि सफा गर्ने ।


    २.ठिक मात्रामा कपास लिएर त्यसलाई पानीले भिजाएर निचोरेर त्यसमा (कपासमा) क्लिन्जि क्रिम लगाउने ।


    कपहिला त अनुहारलाई चिउँडोबाट सफा गर्दै लैजानु पर्छ (Criss Cross) को रुपमा । चिउँडोलाई दुई भागमा विभाजन गरेर दुबै हातले माथितर्फ मसाज गर्दै कञ्चतटतिर लैजाने, यसमा बङ्गरा र कानको लाइनतर्फ पनि मसाज गर्दै लैजानु पर्छ ।
    खशुरु मुखबाट भएर कञ्चटतर्फ जान्छ ।
    गमाथिल्लो मुख भएर कञ्चटतर्फ ।
    घआँखा मुनिबाट कञ्चटतर्फ ।
    ङफेरि माथिल्लो ओंठ र एक साइड र फेरि अर्काे साइडमा सफा गर्ने ।
    चत्यसपछि नाकको साइडहरुमा Clockwise, Anticlockwise मसाजका रुपमा गर्ने, नाकको डाँडीमा मसाज गर्दै कञ्चट तर्फ सिध्याउने ।
    छनिधार सफा गर्ने, एक ठाउँबाट अर्काे ठाउँको कञ्चट तर्फ Zig Zag प्रकारले मसाज गर्ने, तिर वीचको भागमा आएर कञ्चटतर्फ लगेर रोक्ने ।
    जबङ्गरा तर्फ सफा Criss Cross को रुपमा गर्ने र त्यसपछि घाँटी तर्फ लैजाने । हावा नलीमा कुनै दबाव पर्न हुँदैन ।
    झत्यसपछि घाँटी मुनि छात्तीतर्फ हुँदै (दुध ग्रन्थीबाट माथिसम्म मात्र) कुम तर्फ घाँटीको पछाडी भाग हुँदै कानको पछाडि आएर रोक्ने ।
    ञफेरि अर्का भिजेको कपास लिएर ग्राहकको क्लिन्जिङ क्रिम अनुहारमा लगाएर सफा गर्ने ।


    २.पोषण दिनु: यसको लागि त्वचामा कुनै राम्रो किसिमको कोल्ड क्रिमले मसाज गर्नु पर्छ । हत्केलामा क्रिम लगाएर मसाज गर्दै अनुहारमा घाँटीमा माथिल्लो छात्ती हुँदै कुम हुँदै कुम पछाडिबाट लगेर माथि पछाडी घाँटी हुँदै पछाडी कानमा ल्याउनु पर्छ । त्यसपछि नरोकिएर फेरी अगाडी कञ्चटमा ल्याएर सिध्याउनु पर्छ । क्रमशः





अन्य समाचारहरु