सौन्दर्य कला

  • छालाको बनावट (Skin Anatomy)
    -विश्वशान्ति श्रेष्ठ
    २०६८ असोज ३० गते सोमवार October 17, 2011

    छालाको बनावट (Skin Anatomy)
    छालाको बारेमा केही जानकारी :

    खास गरेर सौन्दर्य विशेषज्ञहरुको सम्बन्ध छालासंग हुन्छ । यसमा खास गरेर छालाको विशेषता यसको कामहरु र यसको समस्याको बारेमा उल्लेख गरिएको हुन्छ ।
    छाला तौल ३ देखि ६ दिक। हुन्छ र यसको एरिया १६ देखि ६५ Sq. ft. हुन्छ ।
    छाला हाम्रो शरीरमा मुख्यतयाः ३ पत्रमा विभाजन गरिएको हुन्छ ।


    १. एपिडर्मिस (The Epidermis) अगाडीको पत्र (लेयर) जो देखिन्छ ।
    २. डर्मिस (The Dermis) जो एपिडर्मिसको ठिक मुनी हुन्छ ।
    ३. सव डर्मिस (The Subdermis) जुन सबक्युटेनस टिश्यु (Subcuancous Tissue) को भाग हो ।
    १.एपिडर्मिस एपिडर्मिस सबभन्दा महत्वपूर्ण छाला पत्र हो । यसमा नशाको अन्तिम भाग हो, तर यसमा रगतको भाग हुँदैन ।
    २.डर्मिस डर्मिस एउटा बाक्लो पत्र भएको लचिलो Connective tissue हो, जसमा लचक हुन्छ, जसले छालामा मुख्यतयाः युवापन राखेको हुन्छ ।


    शरीरको मुख्य भाग नै ग्रन्थीहरु हो । डर्मिसमा ग्रन्थीहरुको सम्बन्ध हुन्छ, जसको महत्वपूर्ण उद्देश्य छन् ।
    ३.सब डर्मिस यो डर्मिसको मुनि हुन्छ । यसमा रगत र Lynph vessel को बहाव हुन्छ । यस पत्रमा नशाको अन्त र बोसो पाइन्छ ।


    छालाका ग्रन्थीहरु:
    शरीरको मुख्य भाग नै ग्रन्थीहरु हो । डर्मिसमा ग्रन्थीहरुको सम्बन्ध हुन्छ, जसको महत्वपूर्ण उद्देश्य छन् ।
    १.सिबेसियस ग्रन्थी: यसमा सेवम अथवा तेल हुन्छन् । तिनीहरु प्रायः गरेर रौं फोलिकलहरु खुल्ला हुन्छ । जुन खास गरेर प्रशस्त मात्रामा अनुहारScalpटाउकोको त्वचा र पछाडी पाइन्छ ।
    २.सोडोरिफेरिअस ग्रन्थी: यसमा नुन पानीको मिश्रण हुन्छ । यसको साथै युरिया र अझ बेगर पदार्थ पसिनाको माध्यमबाट त्वचा बाहिर पठाउछ ।


    छालाको नशा स्नायु (Skin nerves) :

    १. मोटर स्नायु: यसमा रगतहरुबाट Fibres शरीरको अरु अंगहरुमा फैलाउँछ ।
    २. चैतन्य स्नायु: जसमा तातो, चिसो, चेतना शक्ति चाप र दुःखेको अनुभव गराउँछ ।

    ३. उत्सर्जक स्नायु Secretory Nerve Fibre : जसमा पसिना र तेल ग्रन्थीहरुबग्दछन्।


    छालाको किसिम (Type of Skin) :

    १. साधारण छाला
    २. तैलीय छाला
    ३. सुख्खा छाला
    ४. मिश्रित छाला साधारण छालामा PH Potention Hydrogen को मात्रा १५५६७ हुन्छ । जसमा ६ देखि धेरै हुन्छ भने तैलीय छाला हुन्छ र ५ देखि ६ मुनि हुन्छ भने सुख्खाछाला हुन्छ ।
    यदि T जोन (Zone) निधार, नाक, नाकमुनि र मुख माथिको भाग र चिउडो तैलीय छ र C जोन (Zone) गालासुख्खा छ भने त्यस्तो त्वचालाई मिश्रित त्वचा भनेर भनिन्छ ।


    छाला कसरी पत्ता लगाउने :
    १. टिश्यु पेपरबाट जाँचेर

    २. साबुनबाट

    ३. फाउण्डेशनबाट ।
    १. टिश्यु पेपरबाट: राती अनुहारलाई सफा गरेर अर्का बिहान टिश्यु पेपरले जाँचेर हेर्नुपर्छ । यदि पेपरमा तेल देखिन्छ भने त्यो तैलीय त्वचा हो । यदि पेपरमा केही नदेखिए भने सुख्खा त्वचा हो । यसरी पेपरले जाँच्दा T जोन र C जोन दुबै ठाउँमा जाँच्नु पर्छ ।
    २. साबुनबाट: सबभन्दा पहिला साबुनले मुख धोएर केही पनि नलगाउने । त्यसपछि १/२ घण्टापछि आफ्नो अनुहारलाई घाममा ऐनामा हेर्ने । यदि अनुहारमा चमक छ भने त्यो अनुहार तैलीय त्वचा हो र यदि T जोन र तैलीय र C जोन सुख्खा अथवा तैलीय छ भने त्यो मिश्रित त्वचा हो । यदि न त्यो सुख्खा अथवा न त्यो तैलीय छ भने त्यस्तो किसिमको त्वचालाई साधारण त्वचा भनिन्छ । यदि सुख्खा छाला छ भने आँखा मुनी धेरै हल्का लाइन जस्तो चाउरी परे जस्तो लाग्छ ।

    ३. फाउण्डेशनबाट:अनुहारमा फाउण्डेशन लगाएर १/२ घण्टा देखि ४० मिनेटसम्म घाममा बाहिर नजाने । यदि त्वचामा अलिकति कालो देखियो भने त्यो त्वचा तैलीय हो । यदि त्वचा साधारण छ भने फाउण्डेशनमा कुनै परिवर्तन आउँदैन र यदि त्वचामा दाग जस्तो अथवा चर्केको जस्तो देखिन्छ भने त्यस्तो किसिमको त्वचालाई सुख्खा त्वचा भनिन्छ । क्रमशः





अन्य समाचारहरु