जनजाति/दलित/सीमान्तकृत

  • दलितहरु अधिकारका लागि स्वयं अघि बढ्नुपर्ने
    -दिनेश ठाकुर
    २०६८ साउन १६ गते सोमवार नेपाल सम्वत् ११३१ दिल्लाथ्व१ JANAMAT(Bi-Weekly) Aug. 1, 2011

    दलितहरु अधिकारका लागि स्वयं अघि बढ्नुपर्ने
    नेपालगन्ज/पुनरावेदन अदालत नेपालगन्जका न्यायाधिश रत्न बहादुर बागचनले विभिन्न समुदाय र क्षेत्रका व्यक्तिहरु पछाडी परेकाले आफनो हकअधिकारका लागि स्वयं अगाडी बढ्नु पर्ने बताउनु भएको छ ।

    बाँके जिल्ला अदालत वार एसोसिएशनद्वारा दलित समुदायका लागि सञ्चालित पारालिगल तालिमको आज नेपालगन्जमा उदघाटना गर्दै उहाले यस्तो बताउनु भएको हो ।


    समाजमा बिद्यमान अन्याय अत्याचार र छुवाछुत विरुद्ध लडनका लागि सबैले सहयोग गर्नुपर्ने भन्दै उहाँले चेतनाको विकास नहुँदासम्म दलित समुदायमाथि गरिने व्यवहार अन्त्य नहुने जिकीर गर्नुभयो ।


    एउटा समुदायले अर्को समुदायलाई जातियताका आधारमा भेदभाव गर्न नहुने भन्दै उहाँले नेपालको संविधानले समेत सबैलाई समान अधिकार दिएकोले छुवाछुत गर्नेलाई कारबाही हुने स्पष्ट पार्नु भयो ।


    बाँके जिल्ला अदालत वार एशोसिएशनका अध्यक्ष विश्वजित तिवारीको सभापतित्वमा भएको सो कार्यक्रममा बोल्दै उहाले जातिय विभेद अन्त्यका लागि बार एशोसिएशनले महत्वपूण भूमिका खेल्ने आशा व्यक्त गर्नु भयो ।


    जिल्ला वारका अध्यक्ष तिवारीले कानुन सम्बन्धि जानकारी नभएका कारण समाजमा छुवाछुत जस्ता विभिन्न किसिमका विकृति विसंगतिले जडा गाडी राखेको बताउनु भयो । नेपाली कानुन सबैले जान्नु पर्छ भन्ने उद्देश्यले पारालिगल तालिमका आयोजना गरिएको भन्दै उहाँले तालिमपछि सहभागीहरुले गाउँगाउँमा गएर रुढिवादी परम्परा विरुद्ध आवाज उठाउने जानकारी दिनुभयो । दलितहरु आफ्नो हकअधिकार बारे सचेत हुनुपर्ने मूल्य मान्यतालाई मध्यनजर गर्दै तालिम सञ्चालन गरिएको बताउँदै अध्यक्ष तिवारीले यो तालिमले जातिय भेदभाव अन्त्य गर्न सहयोग पुयाउने बताउनु भयो ।


    पाँच दिनसम्म चल्ने सो तालिममा बाँकेका विभन्न गाविसका दलित समुदायका ४० जना महिला तथा पुरुषहरुको सहभागिता रहेको छ । कार्यक्रममा अधिवक्ता भोलासिंह हमाल, प्रह्लाद बहादुर कार्की, दलित सेवा संघका महासचिव ईश्वरी विक लगायतले बोल्नु भएको थियो ।





अन्य समाचारहरु