हाम्रो धर्म / हाम्रो संस्कृति

  • रक्सीको छाँगी दिएर नेपालगन्जमा थारु महोत्सव शुरु
    -दिनेश ठाकुर
    २०६८ माघ ८ गते आइतवार Janaury 22, 2012

    रक्सीको छाँगी दिएर नेपालगन्जमा थारु महोत्सव शुरु
    नेपालगन्ज / थारु समुदायको नयाँ वर्ष एवं महान पर्व माघीको अवसरमा शनिवारदेखि नेपालगन्जमा बाँके महोत्सव शुरु भएको छ । थारु संस्कृति र परम्पराको संरक्षण गर्न महोत्सवको आयोजना गरिएको हो ।

    महोत्सवको उद्घाटन प्रमुख अतिथि थारु ठन्वाका संयोजक गुरुवा विश्वराज पछल्डङयाले थारु परम्परा अनुसार देवतालाई रक्सीको छाँकी दिएर महोत्सवको उद्घाटन गर्नु भयो । उद्घाटनपछि संयोजक पछल्डङग्याले माघी पर्वमा थारु समुदायले गर्ने धार्मिक पूजा पनि गर्नु भएको थियो । धार्मिक परम्परा अनुसार माघीमा पुजा गरिसकेपछि ढोकभेट गर्ने चलन अनुसार महोत्सवमा सहभागीहरुले एकआपसमा ढोग्भेट समेत गरेका थिए ।


    उद्घाटन कार्यक्रमको अवसरमा मानवअधिकारकर्मी सुशिल चौधरीले थारु समुदायमा माघीको धार्मिक, सांस्कृतिक एवं सामाजिक महत्वको बारेमा जानकारी गराउनु भएको थियो । महोत्सवलाई सम्बोधन गर्दै चौधरीले नेवार समुदायको नेपाल सम्बतलाई सरकारले मान्यता दिएझैं थारु सम्बतलाई पनि सरकारले मान्यता दिन माग गर्नु भयो । विभिन्न इतिहासविदले २६३५ थारु सम्बत भएको उल्लेख गरेको प्रशंग कोट्याउँदै उहाँले थारु सम्बतको खोजी गर्न आवश्यक रहेको औंल्याउनु भयो ।

    थारु समुदायले माघी पर्वलाई ५ दिनसम्म मनाउने भए पनि सरकारले एकदिनको मात्र विदा दिएको गुनासो गर्दै चौधरीले तीन दिन विदा दिन सरकारसँग माग गर्नुभयो । महोत्सवमा थारु परिकार ढिक्री, सिढाको चट्नी, आलुको अचार लगायतका खाने बस्तु राखिएको छ भने थारु संस्कृति झल्किने पोशाक र घरेलु सामग्री समेत प्रदर्शनीका लागि राखिएका छन् । आइतबारसम्म चल्ने महोत्सवमा बाके र बर्दियाबाट आएका थारुले नाचगानमा रमाएका थिए ।





अन्य समाचारहरु