हाम्रो धर्म / हाम्रो संस्कृति

  • कम्मर साह बाबा मेला मंगलवारदेखि
    -पवन जायसवाल
    २०६८ मंसिर २५ गते आइतवार December 11, 2011

    कम्मर साह बाबा मेला मंगलवारदेखि
    नेपालगन्ज/ बाँकेको कम्दी७ पदमपुरमा रहेको हजरत बाबा कम्मर साह मजारमा ४ दिने मेला लाग्ने भएकोछ ।

    सम्पूर्ण धर्मावलम्वीहरुको आस्थाको केन्द्र विन्दूका रुपमा रहेको बाबा उर्सको अवसरमा मंसिर २७ गतेदेखि पुस १ गतेसम्म मेला संचालन हुने भएकोछ ।

    उक्त मेलामा भारतको बम्बई, गोण्डा बहराईच, श्रावस्ती, नानपारा रुपैडिहा र नेपालको बाँके, बर्दिया, सुर्खेत, दाङ लगायतका जिल्लाहरुबाट श्रद्धालुहरु आउने गर्दछन् । उक्त उर्स मेलाको संस्कृति मन्त्री गोपाल किरातीले उद्घाटन गर्ने कार्यक्रम रहेको समितिले जनाएको छ ।


    बाँके जिल्लाको पर्यटकीय स्थलको रुपमा परिचित कम्मर साह मजारमा हरेक वर्ष यही समयमा मेला लाग्ने गर्दछ । उर्समा भण्डारा, मुण्डन गराउने, भाक्कल अनुसार भोज भतेर गर्ने, मुस्लिम परम्परा अनुसार कौवाली, च्यादर ओढाउने र फातिहा (पूजा) गर्ने गरिने भएकोले श्रद्वालुहरुको उल्लेखनीय सहभागिता हुने गर्दछ ।


    उर्समा स्थानीय मौलिक कला संस्कृति झल्कने विविध साँस्कृतिक एवं धार्मिक कार्यक्रम संचालनका लागि आवश्यक तयारी भइरहेको मेला समितिका सचिव शकिल अहमद खाँले जानकारी दिनुभयो ।





अन्य समाचारहरु