हाम्रो धर्म / हाम्रो संस्कृति

  • मोहर्रमको चहलपहल शुरु
    .
    २०६८ मंसिर १८ गते आइतवार December 4, 2011

    मोहर्रमको चहलपहल शुरु
    नेपालगन्ज/ आज दिनभर नेपालगन्जका सडकहरुमा विशेष गरि सुर्खेत रोडमा इस्लाम धर्मावलम्वीहरुको पवित्र पर्व मोहर्रममा भाक्कल गरी चढाइने हजारौं आकर्षक ताजियाहरु घर घरमा लग्न लागेको दृश्य देखियो ।


    सोमवार रातभर घरमा सजाएर मंगलवार वडा नं. ७ स्थित करबलामा सेलाउने परम्परा छ । कामना गरेको कुनै पनि काम पूरा हुने विश्वास गरिने ताजिया कतिपय हिन्दू धर्मावलम्वीहरुले पनि चढाउने चलन छ नेपालगन्जमा । नेपालगन्जका मुस्लिम समुदायले रातभर टोलटोलमा ठुलाठुला दमाहा बजाएर मुहर्रम पर्व शुरु गरि सकेका छन् ।





अन्य समाचारहरु