हाम्रो धर्म / हाम्रो संस्कृति

  • राधाकृष्ण मन्दिरको साधारण सभा
    पवन जायसवाल
    २०६८ मंसिर १२ गते सोमवार November 28, 2011

    राधाकृष्ण मन्दिरको साधारण सभा
    खासकारकाँदौ (बाँके) / खासकारकाँदौ५ शान्तिनगर स्थित राधाकृष्ण मन्दिर संचालन तथा व्यवस्थापन समितिको सातौ साधारण सभा सम्पन्न भएको छ ।


    पुराणप्रसाद शास्त्रीले पानसमा दीप बाली उद्घाटन गर्नुभएको सो सभामा ०६७/०६८को वार्षिक प्रगति प्रतिवेदन र आ.व. २०६८/०६९ को कार्यक्रम समितिका सचिव गगनबहादुर खड्का र कोषाध्यक्ष मान बहादुर गुरुले ०६७/०६८को रु.१ लाख ८१ हजार ४ सय ९६ को आयव्यय प्रस्तुत गर्नुभएको थियो ।


    समितिलाई विशेष योगदान पुयाउने दाताहरुलाई कार्यसमितिले मूल्याँकन गरेर प्रमुख अतिथि पुराणप्रसाद शास्त्रीलाई माला लगाएर सम्मान पत्र सहित सभाका सभापति गेहेन्द्र बहादुर शाहले सम्मान गर्नुभएको थियो ।


    यसैगरी विशेष योगदान पुयाउने बसुदेवपुर५ का गगनबहादुर खड्का, चुडामणि पौडेल र नेपालगन्ज२ पुष्पलाल चोकका नयाराम चवाईलाई प्रमुख अतिथि शास्त्रीले आजीवन सदस्यता प्रमाणपत्र वितरण गर्नुभएको थियो ।


    सातौ साधारणसभाले ३ वर्षे कार्यकालका लागि पुनः गेहेन्द्र बहादुर शाहको अध्यक्षतामा ११ सदस्यीय राधाकृष्ण मन्दिर संचालन तथा व्यवस्थापन समितिको निर्विरोध चयन गरेको छ । समितिको उपाध्यक्ष पदमा श्रीराम जायसवाल, सचिवमा गगनबहादुर खड्का, कोषाध्यक्ष मानबहादुर गुरु र सहसचिवमा नारायणी अधिकारीलाई चयन गरेको थियो भने समितिको सदस्यहरुमा ईश्वरीप्रसाद बस्याल, नयाराम चवाई, अन्जु शाह (चौलागाई), सीता लामिछाने, गोमा बस्याल र कृष्णगोपाल गुप्तालाई निर्विरोध चयन गरेको हो ।


    स्थापनाकालदेखिनै समितिले चैते दशै रामनवमी, श्रीकृष्ण जन्माष्टमी, वडा दशैं लगायतका हिन्दुहरुको महान चाडपर्वहरुका अवसरमा विभिन्न किसिमका कार्यक्रमहरु गर्दै भजन किर्तन समेत गर्दै आइरहेको छ । र राधाकृष्ण मन्दिरमा दैनिक पूजा अर्चना पुजारी मणिराम पौडेलले गर्दै आउनु भएको छ ।


    मन्दिरमा हाल १५३ जना आजीवन सदस्य रहेको समितिका सचिव खड्काले बताउनु भएको थियो । सो अवसरमा गुरुप्रसाद काफ्ले र समितिका सदस्यव्दय नारायणप्रसाद शास्त्री र नारायणीले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।





अन्य समाचारहरु