हाम्रो धर्म / हाम्रो संस्कृति

  • बकर ईद उल्लासका साथ सम्पन्न
    .
    २०६८ कात्तिक २२ गते मंगलवार November 8, 2011

    बकर ईद उल्लासका साथ सम्पन्न
    नेपालगन्ज/ मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर ईद (ईदउल अज्हा) सोमवार धुमधामले मनाइयो छ । मुस्लिम धर्ममा हज र कुर्बानी अनिवार्य छ । तीन दिनसम्म मनाइने उक्त पर्वको पहिलो दिन सोमबार मुस्लिम धर्मावलम्बीले स्थानीय इदगाहमा सामूहिक नमाज पढेका थिए ।


    बकर ईदको पहिलो दिन विहान सामूहिक नमाज पढिसकेपछि कुर्बानी दिइन्छ र कुर्बानी दिएको जनावरको तीन भाग लगाई एक भाग आफुलाई, एक भाग इष्टमित्रलाई र एक भाग समाजका मानिसका लागि छुट्याउनु पर्छ । बकर ईदको दोस्रो र तेस्रो दिन पनि कुर्बानी दिइन्छ । मुस्लिम धर्ममा हज र कुर्बानी अनिवार्य रहेको छ । मुसलमानहरुको पाच आधारभूत कुराहरु मध्ये हज पनि एउटा हो ।


    मौलाना जियाउल मुस्तफा नुरानीका अनुसार बकरईदको पहिलो दिन बिहान नमाज पढिसकेपछि कुर्बानी दिइन्छ र कुर्बानी दिएको जनावरको तीन भाग लगाई एक भाग आफुलाई, एक भाग इष्टमित्रलाई र एक भाग समाजका मानिसका लागि छुट्याउनुपर्छ । यो पर्वमा कसैले पनि मासु खानबाट वञ्चित नहोस् भन्ने मान्यता रहेको छ ।


    नुरानीका अनुसार बकरदईको दोस्रो र तेस्रो दिन पनि कुर्बानी दिन सकिन्छ । बकरईदका दिन ईदगाह नभएका ठाउमा मस्जिदहरुमा पनि नमाज पढिन्छ । मुसलमानहरुले खान योग्य मानिने जनावर कुर्बानीका लागि उपयुक्त मानिन्छ । हास, कुखुरा र अन्य साना पंक्षी कुर्बानी दिइदैनन् । कुर्बानीका लागि उपयुक्त मानिने जनावर दुरुस्त तथा स्वस्थ हुनुपर्छ । कान, सिंह र पुच्छर काटेको हुनुहुदैन । ठूला जनावरमा सातजना मिलेर तथा खसी र बाझो बाख्रा एक जनाले सिङ्गो कुर्बानी दिनुपर्ने नियम छ ।


    जानकारका अनुसार कुर्बानीको मासी तराजुमा तौलिन र बिक्री गर्न मिल्दैन साथै कुर्बानी भएको जनावरको छाला बिक्री गरी मदरसालाई दिनुपर्ने धार्मि नियम छ । यो नियम सबै मुसलमानहरुल्े पालना गर्नुपर्ने हुन्छ ।


    अहिले कुर्बानीका लागि मुसलमानहरुले आआफ्ना हैसियत अनुसार खसी, भैसीहरु खरिद गरिसकेका छन् । अहिले कुर्बानीका लागि खरिद गरिने जनावरहरुको बिक्री र मूल्य दुवै आकासिएको छ । मोलमोलाई गर्न नहुने कुर्बानीका लागि मन पर्ने जनावरलाई जति पनि मूल्य तिर्न तयार हुन्छ ।





अन्य समाचारहरु