हाम्रो धर्म / हाम्रो संस्कृति
-
बाँकेमा मोहम्मद डे मनाइयो
.
२०६८ माघ २५ गते बुधवार February 8, 2012
बाँकेमा मोहम्मद डे मनाइयो
नेपालगन्ज/ मुस्लिम धर्मका प्रवर्तक मोहम्मद डेको सम्झनामा आइतवार मुस्लिम धर्मावलम्वीहरुले विभिन्न कार्यक्रम गरी मोहम्मद डे मनाए । मोहम्मद डे को अवसरमा नेपालगन्जमा मुस्लिम धर्मावलम्वीहरुले विशाल ¥याली निकालेका निकालेका थिए ।
नेपालगन्जको विपी चोकस्थित जामा मस्जिदबाट निकालिएको ¥याली फुल्टेक्रा, एम.पी. स्कूल, त्रिभुवनचोक, पुष्पलाल चोक हु“दै गौसिया मस्जिदमा पुगेर सभामा परिणत भएको थियो ।
कार्यक्रममा मुस्लिम अगुवाहरुले शान्ति स्थापना र नयाँ संविधानमा मुस्लिम समुदायको संवैधानिक पहिचान हुनुपर्ने माग गरेका थिए ।
उनीहरुले छुट्टै पहिचान हुने गरी मुस्लिम समुदायलाई छैठौं सुचिकृतमा राख्नुपर्ने बताएका थिए । सभामा मदरसा ईस्लामिया संघका अध्यक्ष मौलाना कलिम अहमद आरसी, मोहम्मद हारुन लगायतले बोल्नु भएको थियो ।सो अवसरमा मदरसा इस्लामिया संघ नेपाल बाँकेले भेरी अञ्चल अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरेको थियो ।
यसैगरी केहलपुर क्षेत्रका मुस्लिम समुदायले पनि ¥याली प्रदर्शन र विभिन्न कार्यक्रम गरे ।
अन्य समाचारहरु
- अब छोरीको पनि व्रतबन्ध
- फरक धर्मालम्वीहरु वीच यसरी दूरी बढ्यो...
- विराट महायज्ञबाट झण्डै दश लाख संकलन
- श्रीराम जन्मोत्सवमा शोभा यात्रा
- रंगीन होली पर्व सम्पन्न
- अहिंसा, करुणा, मैत्री र ज्ञानले नै संसारलाई बचाउन सक्छौं
- संसारको उत्पत्ति महास्पन्दनबाट
- विराट सत्संग समारोह सम्पन्न : हजारौंको सहभगिता
- बाँकेमा मोहम्मद डे मनाइयो
- रक्सीको छाँगी दिएर नेपालगन्जमा थारु महोत्सव शुरु



