बालबालिका / हाम्रो भविष्य

  • बालबालिकाहरुद्वारा विद्यालयलाई सजाय निषेधित क्षेत्र घोषणा गर्न माग
    .
    २०६८ असोज ३ गते मंगलवार नेपाल सम्वत् ११३१ ञलागाः८ September 20, 2011

    बालबालिकाहरुद्वारा विद्यालयलाई

    सजाय निषेधित क्षेत्र घोषणा गर्न माग
    नेपालगन्ज/ हामी सबैको सरोकार शान्ति संविधान र सुनिश्चत बाल अधिकार भन्ने नाराका साथ राष्ट्रिय बालदिवस विविध कार्यक्रम गरी मनाइयो । दिवसको अवसरमा देशभर बालबालिकाका क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाले याली, अन्तरक्रिया, सास्कृतिक कार्यक्रम लगायतको आयोजना गरे ।

    सोही अवसरमा विभिन्न संघ संगठनमा आवद्ध बालबालिकाहरुले राष्ट्रपति डा. रामवरण यादवसंग भेट गरेर विद्यालयलाई शारीरिक तथा मानसिनक रुपले सजाय निषेधित क्षेत्र घोषणा गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका छन् ।

    बालअधिकार महासन्धिमा नेपालले हस्ताक्षर गरेको दिन पारेर पाच वर्ष अगाडीदेखि प्रत्येक वर्षको भदौ २९ गते राष्ट्रिय बालअधिकार दिवस मनाउन थालिएको हो ।

    नेपालले ठिक २० वर्ष अगाडी बालअधिकार महासन्धिमा हस्ताक्षर गरेको थियो । बाल अधिकार महासन्धिमा हस्ताक्षर गरेका मुलुकहरुले बालबालिकालाई खान बस्न पढ्न लेख्न खेल्न दिनुपर्ने प्रावधान राखिएको छ ।

    अन्तराष्ट्रिय कानुन अनुसार १८ वर्ष मुनिकालाई बालबालिका भनिन्छ भने नेपालको कानुन अनुसार १६ वर्ष मुनिकालाई बालबालिका मानिएको छ । केन्द्रीय तथ्याक विभागका अनुसार नेपालमा ३४ प्रतिशत बालबालिका श्रमिकका रुपमा काम गर्दै आएका छन् ।

    नेपालमा कुल जनसंख्याको ४६ प्रतिशत बालबालिका रहेका छन । बाल दिवस मनाइ रहदा अझै पनि धेरै बालबालिकाहरु घरेलु काम यातायात तथा होटेल ईट्टा भट्टा नाइट क्लब डान्सबार कारखाना जस्ता विभिन्न क्षेत्रमा कष्टकर जीवन विताउन वाध्य भैरहेका छन् ।

    बाल दिवसकै अवसरमा नेपालगन्जमा बालवालिको क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले र्याली निकाले । बिपी चोकबाट शुरु भएको र्याली त्रिवेणी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

    कोणसभालाई सम्बोधन गर्ने वक्ताहरुले बालबालिकाहरु अझै पनि मजदुरको रुपमा काम गरिरहेको भन्दै त्यसको न्युनिकरणका लागि थप सशक्त हुनुपर्नेमा जोड दिएका थिए ।

    सभामा बाकेका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरे, महिला विकास अधिकृत शोभा शाह, जिल्ला बाल क्लव संजालका अध्यक्ष प्रजिता ज्ञावाली लगायतले बोलेका थिए ।

    त्यसैगरि उक्त दिवसको अवसरमा सगरमाथा र शान्ति किशोरी क्लव सितापुर बाकेले बाल सहभागिता र किशोरी अवस्था विषयक कविता प्रतियोगिता आयोजना गरेको थियो । कक्षा एकदेखि १२ सम्मका किशोरीहरुलाई सहभागी गराइएको सो प्रतियोगिता शिविनको सहयोगमा गरिएको तथा प्रतियोगितामा कक्षा १ देखि ५, कक्षा ६ देखि ८ र ९ देखि १२ का गरी विभिन्न विधामा विभाजन गरी कविता प्रस्तुत
    गराइएको थियो ।

    कक्षा एक देखि पाचसम्मको समूहमा यशोदा चन्द प्रथम, कक्षा ६ देखि ८ सम्मको समूहमा सोना श्रेष्ठ प्रथम र ९ देखि १२ कक्षाको समूहमा दुर्गा विक प्रथम भएका थिए । त्यसैगरि प्रतियोगितामा राधिका देवकोटा र सृजना लामा तेस्रो भएका थिए ।

    प्रतियोगिताको निर्णायकमा पत्रकार महासंघ बाँकेका अध्यक्ष शुऋषि चौलागाई, मानव अधिकार आयोगका मोहन जोशी, शिवीनका रमा अर्याल र शुक्र माविका शिक्षक प्रेम खनाल रहनु भएको थियो । विजयी प्रतियोगीहरुलाई निर्णायक मण्डल र शिवीनका टिम लिडर मधु दवाडीले पुरस्कार वितरण गर्नुभएको थियो ।





अन्य समाचारहरु