बालबालिका / हाम्रो भविष्य

  • किताबी ज्ञान संगै प्रतिभा प्रष्फुटन गराउदै ब्राइट फ्यूचर स्कूल
    -पवन जायसवाल मनमौजी
    २०६७ चैत २७ गते आइतवार JANAMAT(Bi-Weekly) April 10, 2011

    किताबी ज्ञान संगै प्रतिभा प्रष्फुटन गराउदै ब्राइट फ्यूचर स्कूल
    नेपालगन्ज / कलिला बालबालिकाहरुको चौतर्फी विकासको लागि विद्यालयले उनीहरुलाई किताबी ज्ञान मात्र होइन उनहिरु भित्र लुकेको अन्तरनिहीत प्रतिभालाई प्रष्फुटन पनि सक्नु पर्दछ । यही उद्देश्यका साथ नेपालगन्ज१६ मा स्थापित ब्राइट फ्यूचर एकेडेमीका शिक्षक तथा शिक्षिकाहरु प्रयत्नरत देखिन्छ ।

    शनिवार आयोजित सातौं वार्षिकोत्सवका अवसरमायही झझल्को अतिथि र अभिभावकहरु सामु देखियो । शिक्षामा गुणस्तर र विद्यार्थीहरुमा अनुशासन कायम गर्न अहम् भूमिका निर्वाह गर्ने शिक्षक शिक्षिका तथा कर्मचारी हरुलाई संस्थापक अमूल्य वैश्य, बद्रि प्रसाद श्रेष्ठ, पुष्पा श्रेष्ठ, प्रमेश वर्मा लगायतले मोटिभेशनको लागि मायाको चिनो प्रदान गर्नु भएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ समाजसेवी सुश्री नर्वदा शर्मा, समाजसेवी सुश्री शान्ति श्रेष्ठ, पत्रकार पूर्णलाल चुके, प्रधानाध्यापक कमल शाही, अभिभावक विष्णुप्रसाद खनाल, जिल्ला शिक्षा कार्यालयका श्रोत व्यक्ति मुनिर अहमद खा लगायतले विभिन्न अतिरिक्त क्रियाकलापमा विजयी विद्यार्थीहरुलाई प्रमाणपत्र, पुरस्कार, शिल्ड तथा मेडल प्रदान गर्नुभएको थियो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्पा श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त वार्षिकोत्सव कार्यक्रममा बालबालिकाहरुले सास्कृतिक कार्यक्रम प्रस्तुत गरेर अभिभावक र अतिथिहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रम शिक्षक रुपक शाहीले सञ्चालन गर्नुभएको थियो ।

    उल्लेखनीय छ, विद्यार्थीहरुको प्रयासमा सन्देश नामक भित्ते पत्रिका प्रकाशित गरेर विद्यालयको गतिविधिहरु पनि सार्वजनिक गरिरहेको छ ।





अन्य समाचारहरु