बालबालिका / हाम्रो भविष्य

  • कम्लरी भई अर्काको घरमा बस्न नपरोस्
    -दीपा आले
    २०६७ फागुन ३० गते सोमवार JANAMAT(Bi-Weekly) March 14, 2011

    कम्लरी भई अर्काको घरमा बस्न नपरोस्
    बैजापुर ८ की लक्ष्मी चौधरी आफू अर्काको घरमा कमलरी भई बस्दाको क्षण सम्झेर दुखेसो पोख्छीन । अर्काको घरमा कसैलाई कमलरी भएर बस्न नपरोस् ।

    घरको आर्थिक अवस्था अन्त्य कमजोर भएका कारण उनी बाध्य भएर कमलरी बस्न पुगेकीबताईन् । लक्ष्मीले अगाडि थप्दै भन्छिन् आफ्नो घरको आर्थिक अवस्था कमजोर भएकै कारण अरुको घरमा काम गरेर भए पनि पढ्न पाईने अभिलाषा लिएर भविष्य राम्रो बनाउने उद्देश्यले गएको थिए तर, भने जस्तो नहुदो रहेछ ।

    पढ्न त के भोक लागेको बेला राम्रोसंग खान समेत पाइदैन थियो । आफू अर्काको घरमा कमलरी बस्दाको दुःख सम्झेर कमलरी प्रथालाई मुक्त गर्नु पर्छ भन्ने अभियानमा लागेकी छिन् उनी । उनी अहिले साझा मञ्च की अध्यक्ष समेत भएर आफू जस्ता
    कमलरी भएर दुःख पाएका साथीहरुको जीवन राम्रो बनाउन लागि रहेकी छिन् ।

    उनी जस्तै अर्का कमलरी बस्दा दुःख पाएकी कचनापुर गाविस २ की फागुनी चौधरीयसरी भन्छिन् गरिब भएपनि आफ्नै घरमा बस्न परोस् तर अर्काको घरमामा कमलरी भएर बस्न नपरोस् । उनले कमलरी भई बस्दा बस्दै उमेर गएपछि राम्रो सँग पढ्न नपाउँदा आफ्नो जीवन अन्धकारमय भएको बताउँछिन् ।

    गरिबीको कारण अर्काकोघरमा ४ वर्ष भन्दा बढी कमलरी भई काम गर्दा भोकभोकै बस्दाको तितो यथार्थ घटना बताउँछिन बाँके विनौलाकी दुर्गा
    चौधरी । उनले भने भोक लागेको बेला खाना नै पाईदैन्थ्यो भने पढाई त कहाँ राम्रोसँग पढ्ने ? घरबाट ल्याउदा खेरी राम्रो सँग पढाई दिन्छु भनेर ल्याएपनि कमलरी भई बस्दा एउटा कामदारको रुपमा बस्नु पर्दोरहेछ दुर्गा बताउँछिन् ।

    लक्ष्मी, फागुनी र दुर्गा जस्तै कमरली भई बस्दा विभिन्न खाले मानसिक, शारीरिक समस्या बोकेका हजारौं बालिकाहरु अझ पनि हाम्रो समाजमा धेरै भएको बताउनु हुन्छ असहाय नानीहरुकी साथी (एफएनसी)का दिपकप्रसाद भट्टराई । उहाँले अगाडि भन्नु भयो नेपालको मध्य तथा पश्चिममा ६ वटा जिल्लामा बाँके, दाङ, धनगढी, कञ्चनपुर, बर्दिया, कैलालीबाट ९ हजार भन्दा बढीको कमलरीहरुको उद्धार भएको जानकारी दिनु
    भयो ।

    त्यसैगरी बाँकेमा कमलरी संख्या ४ सय ६६ मध्ये ३ सय ७७ जनालाई उद्धार गरिएको र उद्धार गर्न बाँकी ८९ जनारहेको बताउनु भयो । उहाँ गाडी भन्नु हुन्छ कमलरी मुक्त गर्न आम नेपालीको भूमिका हुनुको साथै राज्यको गम्भीर ध्यान जानुपर्छ । त्यसको साथैकमलरी सम्बन्धी काम गर्ने संघसंस्थाले उनीहरुलाई साथदिनु पर्छ । ०००





अन्य समाचारहरु