देश
-
सूचनाको हक र प्रवाह नरोक्न सर्वोच्चलाई आदेश
.
२०६८ माघ २५ गते बुधवार February 8, 2012
सूचनाको हक र प्रवाह नरोक्न सर्वोच्चलाई आदेश
नेपालगन्ज/ कानुनले व्यवस्था गरे बाहेकका सूचनाको हक र त्यसको प्रभावहमा रोक नलगाउनु भनी आइतवार सर्वोच्च अदालतले नेपाल सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।न्यायाधीश गिरिशचन्द्र लाल र प्रकाश बस्तीको संयुक्त इजलासले संवैधानिक एवं कानुनी व्यवस्थाको विपरित हुनेगरी सूचनाको हक र त्यसको प्रवाहमा रोक लगाउन पाउने कुरा प्रारम्भिक दृष्टिले हेर्दा नै उपयुक्त नदेखिएको र यसबाट संवैधानिक एवं लोकतान्त्रिक व्यवस्थामाथि अपुरणीय क्षति पु¥याउन सक्ने भन्दै अर्को आदेश नभएसम्मका लागि यस्तो आदेश जारी गरेको हो ।
यो आदेशमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट हालै जारी निर्देशनसम्बन्धी पत्रमा उल्लेखित कुराहरु तत्कलका लागि निर्देशनका रुपमा मात्र आएको देखिएकाले त्यस निर्देशनबाट मात्र अन्तरिम संविधानको धारI २७ र तत्सम्बन्धी ऐनमा भएका व्यवस्थालाई स्थायी रुपमा प्रत्याभूत गरिसकेको अवस्था देखिदैन भनिएको छ ।
नेपालको अन्तरिम संविधानको धारण २७ ले सार्वज्निक सरोकारको कुनै पनि विषयमा सूचना पाउने हक सुनिश्चित गरेकामा एक सय ४० प्रकारका सूचनालाई गोप्य राख्न सबै सरकारी कार्यालयलाई निर्देशन दिइएको र सो निर्णयको प्रतिलिपि माग्दा दिन इन्कार गरिएको भन्दै अधिवक्ता कमलप्रसाद इटनीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय लगायतलाई विपक्षी बनाई यही माघ १३ गते रिट दायर गर्नुभएको थियो ।
अन्य समाचारहरु
- सीमामा वुद्ध मूर्ति
- नौ महिनामा १ सय ३८ जना वेपत्ता
- पाँच वूँदे सहमतिले संविधान नबन्ने खतरा बढ्दै गएको दावी
- थरुहट नभएसम्म आन्दोलन गर्ने चेतावनी
- नेपालगन्ज/ राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब आफूहरुले चाहेर पनि मुलुकमा राजतन्त्र फर्कने संभावना नरहेको बताउनु भएको छ ।
- राजनीतिक उपलब्धि व्यवस्थापनमा अझै चुनौती
- राजीनामा पछि मात्र राष्ट्रिय सरकार
- सबैलाई मान्य नभए राष्ट्रपतिले हस्ताक्षर नगर्ने
- संविधान जलाउने चेतावनी
- १७ दलको ध्यानाकर्षण



