देश

  • अपहरणका नाइके सभासद् गुप्ता गिरफ्तार
    .
    २०६८ माघ ४ गते बुधवार Janaury 18, 2012

    अपहरणका नाइके सभासद् गुप्ता गिरफ्तार
    नेपालगन्ज/ रातो पासपोर्ट बेचेको काण्ड, तस्करी, घुसखोरी, दलाली लगायतका अनेकौं गैरकानूनी कार्यमा संलग्न भएका हाम्रा माननीय सभासद्हरु अब अपहरण काण्डमा पनि संलग्न भएको घटना सार्वजनिक भएको छ ।


    वीरगन्जका उद्योगपति पवन संघईको अपहरणमा संलग्न रहेको अभियोगमा सभासद् श्यामसुन्दर गुप्तालाई प्रहरीले गिरफ्तार गरिएको छ । सभासद् गुप्तालाई सोमवार सिद्धार्थनगर नगरपालिका५ मिलन चोक स्थित घरबाटै प्रहरीले गिरफ्तार गरेको हो ।


    प्रहरी महानगरीय आयुक्तको कार्यालयमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा गुप्ता संलग्न भएको अडियो भिडियो सार्वजनिक गरिएको । यसअघि पक्राउ परेका अभियुक्तहरुको प्रत्यक्ष किटानी बयानमा पनि उनी दोषी ठहरिएको प्रहरीको दाबी छ । तर सभासद् गुप्ताले भने एमाओवादी र मधेशी मोर्चाले आफ्नो राजनीतिक जीवन समाप्त पार्ने षडयन्त्र गरेको आरोप लगाएका छन् ।


    संलग्नताको शंकामा उनका चालक अमित आचार्यलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । संघई मुक्त हुनु केही दिन अगावै टेलिफोनको कल डिटेलका आधारमा गुप्ताको संलग्नता पुष्टि भएको प्रहरीले तर सभासद् भएकाले पर्याप्त प्रमाण जुटाउन केही समय लागेको जनाएको छ ।


    संलग्न दुई अभियुक्तलाई प्रहरी महानगरीय शाखाले आइतवार हेटौडामा पक्राउ गरेपछि गुप्तालाई पक्राउ गर्न प्रमाण जुटेको जनाइएको छ । प्रहरीले मकवानपुरका जितबहादुर गोलेलाई २ लाख तथा काभ्रेका आकाश लामालाई ३ लाख ५५ हजार रुपैयाँ सहित पक्राउ गरेको थियो ।

    उनीहरुले गुप्ता मार्फत् ४/४ लाख रुपैयाँ पाएको महाशाखाले जनाएकोछ । संघईलाई काभ्रेको सस्र्युखर्क स्थित एउटा घरमा बन्धक बनाएर ८५ लाख रुपैयाँ फिरौती लिएको प्रहरीको दाबी छ । तर हुन्डी मार्फत् ५ करोड रुपैयाँ भारत पठाएपछि संघई मुक्त भएको जनाएको छ ।





अन्य समाचारहरु