देश

  • काँग्रेसको बन्द सर्वत्र तिव्र प्रतिक्रिया
    .
    २०६८ पुस ७ गते बिहीवार नेपाल सम्वत् ११३२ थिँलागाः११ December 22, 2011

    काँग्रेसको बन्द सर्वत्र तिव्र प्रतिक्रिया
    नेपालगन्ज/ नेपाली काँग्रेसले आह्वान गरेको नेपाल बन्द प्रति सबैतिरबाट तिव्र प्रतिक्रिया व्यक्त गरिएको छ । बन्दका कारण देशभरको जनजीवन कष्टकर बन्यो ।

    बन्दका कारण मुख्य राजमार्ग, सहायक मार्ग र शहरका भित्री सडकमा समेत कुनै पनि सवारी साधन चलेनन् । शान्तिपूर्र्ण बन्द गर्न काँगे्रसले निर्देशन दिएपनि कार्यकर्ता तोडफोडमा उत्रिए ।


    चितवन कारागारभित्र भएको आक्रमणबाट ज्यान गुमाएका तरुण दल चितवनका अध्यक्ष शिव पौडेललाई शहिद घोषणा गर्न माग गर्दै काँग्रेसले सोमवार नेपाल बन्द आह्वान गरेको हो ।

    बन्दका कारण बाँके लगायत यस क्षेत्रको जनजीवन पनि प्रभावित बन्यो छ । नेपालगन्जबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधनहरु मात्र होइन रेक्सा समेत ठप्प गरिएकोले सर्वसाधारणले ठुलो कष्ट झेल्नु परेको देखिन्थ्यो । सीमा पारी रुपईडिहाबाट आउने र जाने यात्रुहरु दिनभर अलपत्र परेका थिए ।

    यस्तै नेपालगन्जको बजार, शिक्षण संस्था, कलकारखाना पनि विहानैदेखि बन्द रहेको थियो । बाँकेको कोहलपुर, खजुरा लगायतका क्षेत्रमा पनि बन्दको असर परेको थियो ।

    बन्दका क्रममा भएको तोडफोड, आगजनी र जर्वजस्ती बन्दको नेपाल उद्योग वाणिज्य महासंघले निन्दा गरेको छ । महासंघले विज्ञप्ति निकालेर नागरिक र प्रतिष्ठानको सम्पत्तिमा क्षति नपुयाउन बन्दकर्तालाई आग्रह गरेको थियो । तर बन्दकर्ताहरुले सञ्चारकर्मीका सवारी साधन र अस्पतालको एम्बुलेन्स समेत तोडफोड गरियो ।


    काठमाडौंको तिलगंगा र मित्रपार्कमा विहानै तीनवटा गाडीमा तोडफोड तथा आगजनी गरिएको छ भने काँग्रेसका कार्यकर्ता हिमालयन टेलिभिजनको मोटरसाईकलमा तोडफोड गरेका छन् । काठमाण्डौंको जडीबुटीमा काग्रेस कार्यकर्ताहरुले समाचार संकलनमा गएका हिमालयन टेलिभिजनका समाचारदाता चढेको बा ४४ प ८२८० नम्बरको मोटरसाइकल तोडफोड गरे । मोटरसाइकल चढ्नेले पत्रकारको परिचयपत्र देखाउँदा देखाउँदै पनि बन्दकर्ताले मोटरसाइकल तोडफोड गरेका थियो ।


    यस्तै गोरखामा सुरक्षाकर्मीले सुरक्षा प्रयोजनको लागि प्रयोग गरेको ना १ झ ३७२ नम्बरको सरकारी गाडी नेपाली काँग्रेसका कार्यकर्ताले तोडफोड गरेका छन् । नेपाली काँग्रेस गोरखाका उपसभापति मोहन पोखरेलको नेतृत्वमा बन्द गराउन हिँडेको टोलीले सो गाडीबाट सुरक्षाकर्मीलाई झारेर तोडफोड गरेका हुन् । प्रेस, एम्बुलेन्स, सुरक्षाका गाडी र दुध तथा पानीका गाडीलाई केही नगर्ने बताए पनि सुरक्षाकर्मीको गाडी समेत तोडफोड भएको बताइएको छ ।


    यसैगरी बन्दको समयमा कार्यालय खोलेको भन्दै नेपाली काँग्रेसका कार्यकर्ताले जिल्ला शिक्षा कार्यालय पाल्पामा तोडफोड गरेका छन् ।
    सामाजिक सञ्जाल फेसबुक मार्फत् बन्दको विरोध गर्दै अमेरिकी राजदुत स्कट एच डेलिसीले बन्दले प्रजातान्त्रिक अधिकार रक्षा हुने कुरा पुष्टि गर्न बन्दकर्तालाई चुनौति दिएका थिए ।

    सोमवार आफ्नो फेसबुक स्टेटसमा बन्दबारे असन्तुष्टि पोख्दै डेलिसीले बन्दको माध्यमबाट राजनीतिक एजेण्डा स्थापित गर्न सकिन्छ भनेर प्रमाणित गर्न समेत चुनौति दिएका थिए । बन्दकर्ताले आफ्नो बन्दबाट नागरिकको प्रजातान्त्रिक अधिकारको रक्षा हुन्छ भन्ने कुरा प्रमाणित गरुन् भन्ने म चाहन्छु, राजदुत डेलिसीले आफ्नो स्टेटसमा लेख्नु भएको छ बन्दकर्ताको राजनीतिक एजेन्डा समाजको हित भन्दा ठुलो होइन ।

    उहाँले बन्दका कारण सामान्य नागरिक, उद्योग व्यवसाय तथा कुटनीतिक नियोग लगायत सबैले ठूलो मानवीय तथा आर्थिक मूल्य चुकाउनु परेको डेलिसीको भनाई छ । बन्दले उपचार सेवा समेत प्रभावित भएको भन्दै उहाँले एकजना गरीब महिलाले विहानको चिसोमा आफ्नो विरामी बच्चालाई लिएर पैदलै अस्पताल पुग्नुपरेको खबरले आफुलाई दुःखी बनाएको बताउनु भएको छ ।





अन्य समाचारहरु