गाउ“–गाउ“मा शान्ति र सद्भावको सन्देश फैलाउनु आवश्यक
..
२०६७ पुस १२ गते सोमवारनेपाल सम्वत् ११३१ थि“लागा–७
गाउ“–गाउ“मा शान्ति र सद्भावको सन्देश फैलाउनु आवश्यक
नेपालगन्ज÷ मौलिक अलौकिक सिद्धान्त सम्बन्धि पा“च दिवसीय वृहद् सेमिनार आज यहा“ सम्पन्न भएको छ ।
विश्व शान्तिको लागि एकीकृत परिवार संघ–नेपालद्वारा आयोजित सो सेमिनारमा सहभागीहरुलाई प्रमाणपत्र
वितरण गर्दै सहायक प्रमुख जिल्ला अधिकारी रेशम बहादुर पाण्डेले द्वन्द्व र संक्रमणकालीन अवस्थाबाट गुज्रीरहेको नेपाल जस्तो मुलुकमा शान्ति, आपसी सद्भाव र स्नेहपूर्ण अभियानले सकारात्मक परिवर्तनमा सघाऊ पुग्ने विचार व्यक्त गर्नु भयो ।
सा“च्चै नै समाज र मुलुकमा शान्तिको सन्देश फैलाउने हो भने युवाहरुले गाउ“–गाउ“मा अभियान संचालन गर्नु पर्ने धारणा राख्दै उहा“ले समाजका हरेक वर्गलाई सुसूचित गरी परिवार, समाज र राष्ट्रमा शान्ति स्थापना गर्न योगदान दिनु पर्दछ भन्नु भयो ।
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व सदस्य तथा पीस एम्बेसेदर अच्यूत प्रसाद प्रसाईले भरखरै स्थापित लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र स्थायी शान्तिको लागि युवाहरुको महत्वपूर्ण भूमिका हुने बताउनु भयो ।
नेपाली का“ग्रेस बा“केका कोषाध्यक्ष समेत रहनु भएका प्रसाईले सेमिनारमा प्रशिक्षित सचेत युवाहरुले समाजमा अशान्ति फैलाउन चाहने तत्वहरुलाई निस्तेज तुल्याउनु पर्ने कुरामा जोड दिनु भयो ।
यसैगरि समापन कार्यक्रममा समाजसेवी तथा पीस एम्बेसेदर श्रीमती लता शर्माले स्वागत भाषण गर्दै व्यक्ति–व्यक्ति, परिवार–परिवार र समाजमा व्याप्त द्वन्द्वलाई सकारात्मक परिवर्तनमा रुपान्तरण गर्नु आवश्यक छ भन्नु भयो । विश्व शान्ति र विश्व वन्धुत्वको भावना जागृत गर्ने सन्देश फैलाउने युनिभर्सन पीस फेडरेशनका संस्थापक विश्व शान्तिका अग्रदूत डा. सन म्योड्ड मुन र श्रीमती हाक जा हान मुनको विश्वमा शान्ति स्थापना गरी ‘विश्व एक घर, विश्वभरका मानिस एक परिवार’ भन्ने महान उद्देश्य पूरा गर्न सेमिनारका साथीहरुले आ–आÇनो क्षेत्रबाट योगदान दिनु पर्ने कुरामा जोड दिनु भयो । सेमिनारबाट आफुले सिकेका ज्ञानलाई आफु, परिवार र समुदायमा प्रयोग गर्न समेत उहा“ले सहभागीहरुलाई आग्रह गर्नु भयो ।
गत बुधवार हिन्दू धर्म गुरु चन्द्र नाथ योगी, मुस्लिम धर्म गुरु हाजी जियाउल मुस्तफा र फेडरेशनका महासचिव सन्तोष पौडेलले फूलको गमलामा जल अर्पण र धार्मिक मन्त्रोच्चारण गरी उद्घाटन गर्नु भएको सच्चा प्रेम, परिवार र समाजमा शान्ति, अन्तर धार्मिक एकता, आपसी सद्भाव तथा आध्यात्मिक चिन्तनको लागि मौलिक अलौकिक सिद्धान्त बारे गहन छलफल गरिएको सो सेमिनारमा फेडरेशनका महासचिव सन्तोष पौडेलले प्रमुख स्रोत व्यक्तिको रुपमा तथा आयोजक संस्थाका क्षेत्रीय संयोजक रुपसिंह भण्डारी र संस्थाका अन्तर्राष्ट्रिय प्रतिनिधि डिभाइन भण्डारीले सहजकर्ताको भूमिका निर्वाह गर्नु भएको थियो ।
एकीकृत परिवार संघ–नेपालका उपाध्यक्ष समेत रहनु भएका पौडेलले संस्थाको चित्रमय परिचयात्मक गतिविधि प्रस्तुत गर्दै १९२ राष्ट्रमा फैलिएको फेडरेसन अन्तर्गत आवद्ध २०० संघ संस्थाहरु मध्ये एकीकृत परिवार संघ–नेपाल पनि एक हो भन्नु भयो । शान्तिको पहिलो पाठशाला परिवार हो भन्दै परिवारलाई बलियो बनाउन पूर्विय दर्शनबाट प्रेरित पारिवारिक मूल्य र मान्यता अनुसार सबै व्यक्ति हिंड्नु पर्ने विचार व्यक्त गर्नु भयो ।
सहभागी महिलाहरुको तर्फबाट श्रीमती निर्मला वि.सी.ले सेमिनारमा समग्रमा ‘ईश्वर भनेको मानवीय सेवाबाट प्राप्त हु“दो
रहेछ भन्ने ज्ञान र जीवनको उद्देश्य बारे थाहा पाएको’ जानकारी दिंदै यस्तो किसिमका उपयोगी कार्यक्रमहरुमा महिलाहरुलाई सहभागी गराउनु भएमा समाजमा आपसी द्वन्द्वको अन्त्य भई शान्ति स्थापना हुने विचार व्यक्त गर्नु भयो ।
अर्का सहभागी सादक ग्रीमले सबै विश्व समुदाय शान्ति, सद्भावको लागि एकतावद्ध हुनु पर्ने विचार व्यक्त गर्दै मानवताको सेवा नै सच्चा ईश्वरको सेवा हो भन्ने भावना र सन्देश फैलाउनु पर्ने कुरामा जोड दिनु भयो तथा सेमिनार उपलब्धीमूलक र जीवनको लागि उपयोगी भएको बताउनु भयो ।
युपिएफ, बा“के शान्ति परिषद्का संयोजक पूर्ण लाल चुकेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन संस्थाका क्षेत्रीय निर्देशक रुप सिंह भण्डारीले गर्नु भएको थियो ।
सो सेमिनारमा मध्य तथा सुदूर पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत बा“के जिल्ला लगायत जुम्ला, कालिकोट, मुगु, दैलेख, सुर्खेत, कैलाली, दाड्ड आदि जिल्लाबाट १८५ जना युवा तथा महिलाहरुको उत्साहजनक सहभागितामा रहेको विद्यार्थी लिडर जगदीश भण्डारीले बताउनु भयो ।
एड्स र दुव्र्यसन विरुद्ध सा“चो प्रेमको अभियान
नेपालगन्ज÷ सिद्धान्त अनुसन्धान महाविद्यालय महासंघ नेपाल (ध्यचमि(ऋब्च्ए) ले एच.आई.भि. एड्स र लागु औषध दुव्र्यसन विरुद्ध सा“चो प्रेम अभियान सम्बन्धि एक दिवसीय कार्यक्रम यहा“ आयोजना ग¥यो ।
भेरी प्राविधिक शिक्षालयमा सोमवार आयोजित उक्त कार्यक्रममा शिक्षालयका प्रमुख, शिक्षक तथा विद्यार्थीहरु समेत १५० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा आयोजक संस्थाका क्षेत्रीय निर्देशक रुप सिंह भण्डारीले युवा वर्गमा बढ्दै गएको नैराश्यता, खराब काम र प्रवृत्ति प्रतिको आकर्षणबाट सजग बनाउन यो चेतनामूलक कार्यक्रमबाट मद्दत मिल्न सक्ने विचार व्यक्त गर्नु भयो ।
उक्त कार्यक्रममा सहजीकरण संस्थाका प्रशिक्षक जगदीश भण्डारीले गर्नु भएको थियो भने संचालन संस्थाका सदस्य कृष्ण कुमार शाहीले गर्नु भएको थियो ।