देश

  • प्रहरीद्वारा लुटेराहरु सार्वजनिक
    ..
    २०६७ पुस १२ गते सोमवारनेपाल सम्वत् ११३१ थि“लागा–७

    प्रहरीद्वारा लुटेराहरु सार्वजनिक
    नेपालगन्ज÷बा“केको कोहलपुरमा मंगलवार सा“झ लुटपाटमा संलग्न ब्यक्तिहरुलाई प्रहरीले सार्वजनिक ग¥यो । जिल्ला प्रहरी कार्यालय बाँकेमा शुक्रवार पत्रकार सम्मेलन गरी कोहलपुर–३ निवासी ३० वर्षिय सुरज भन्ने खडानन्द न्यौपाने र वडा नं. ९ का २१ वर्षिय जित बहादुर यादवलाई प्रहरीले सार्वजनिक गरेको हो । 
     
    प्रहरीले उनीहरुको साथबाट बरामद गरिएको पेस्तोल, गोली, डिफेन्स नेपाल अफ त्रिसुल सेना लेखेको चिठ्ठी, डिफेन्स नेपाल अफ त्रिशुल सेनाको खाली पत्र र विश्व हिन्दू युवा संघ लेखिएको परिचय पत्र लगायतका सामाग्री पनि सार्बजनिक गरेको थियो । 
    पक्राउ परेका दुबैलाई हातहतियार खरखजना ऐन सम्बन्धि मुद्दा चलाइने बा“केका प्रहरी नायव उपरिक्षक विनोद घिमिरेले 
    जानकारी दिनुभयो । कोहलपुर–३ स्थित दुर्गा प्रसाद श्रेष्ठको पसलमा शुक्रवार सा“झ १५ हजार रुपैया“ चन्दा मागी थप चन्दा रकमका विषयमा विवाद हु“दा ३ राउन्ड हवाई फायर गरि उनीहरु फरार भएपछि प्रहरी र स्थानीय युवाहरुले एकता नगरबाट दुबै जनालाई नियन्त्रणमा लिएका थिए । यसै वीच लुटपाटको विरोधमा शुक्रवार  कोहलपुर उद्योग व्यापार संघको आह्वानमा कोहलपुर बजार बन्द र शनिवार आधा दिन चक्का जाम गरिएको थियो । बन्द पश्चात ब्यापारीहरले विरोध ¥याली समेत निकालेका थिए । 
     
    दुई साताअघि कोहलपुरमा कमला मल्लको घरमा परिवारका सबै सदस्यलाई विषादी छर्केर बेहोस बनाई नगद र गहना गरि रु.३ लाखको लुटपाट समेत भएको थियो भने कोहलपुरका नीजि  विद्यालयमा हिमाल पहाड तराई मध्य कमाण्ड नामको संगठनले एक करोड बढिको चन्दा माग गरेको छ । जनदवावका लागि बजार बन्द गरिएको बन्द आव्हानकर्ताले जनाएका छन् ।
     
    यसैवीच केहि समय अगडि चन्दा माग्दै गरेको अवस्थामा भूमिगत सशस्त्र समूहका कार्यकर्ता बा“केको पार्वतीपुरबाट पक्राउ परेका थिए । पार्वतीपुर स्थित बागेश्वरी कत्था मिलमा चन्दा मागीरहेको समयमा गस्तीमा रहेको जिल्ला प्रहरी कार्यालयको औद्योगिक सुरक्षा दस्ताको टोलीले पक्राउ गरेको थियोे । पक्राउ परेका सोनकरको साथबाट १ थान कटुवा पेस्तोल, पर्चा लगायतका सामाग्री बरामद गरिएको प्रहरी नायव उपरिक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।      
     





अन्य समाचारहरु