देश
-
पत्रकार चालिसेको जीवन बचाउन महासंघको अपिल
.
२०६८ माघ २५ गते बुधवार February 8, 2012
पत्रकार चालिसेको जीवन बचाउन महासंघको अपिल
नेपालगन्ज/ दुबै मृर्गौला काम नलाग्ने भएर मृत्युसंग संघर्ष गरिरहनु भएका श्रमजीवी पत्रकार रमेश चालिसेको जीवन बचाउन नेपाल पत्रकार महासंघले ‘रमेश चालिसे बचाउ अभियान’ सञ्चालन गरेको छ ।महासंघ सचिवालयको बैठकले पत्रकार चालिसेको बचाउ अभियानमा साथ दिन महासंघका प्रत्येक सदस्य र आमसञ्चारकर्मीलाई रु.१००/– मात्र सहयोग गर्न अपिल गरेको छ । महासंघका कूल ८ हजार सदस्यले रु.१००/– का दरले सहयोग गर्दा पत्रकार चालिसेको उपचार सम्भव हुने भएकोले महासंघले यो अभियान चलाएको हो ।
महासचिव ओम शर्माका अनुसार अभियान आरम्भ गर्दै महासंघका अध्यक्ष शिव गाउँले, उपाध्यक्ष यशोदा तिम्सिना, महासचिव ओम शर्मा, सचिव जगत नेपाल र कोषाध्यक्ष शीतल साहले रु.१००/– का दरले सहयोग प्रदान गर्नुभयो । महासंघ सबै सदस्यहरुलाई एकजना श्रमजीवी पत्रकारको जीवन बचाउन रु.१००/– का दरले आ–आफ्नो शाखा मार्फत् वा नेपाल पत्रकार महासंघको नाममा रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि. को ०१२०१०२०२५२६४५ खातामा सहयोग उपलब्ध गराउन अनुरोध गरेको छ ।
पत्रकार महासंघ बाँके शाखाले पनि श्रमजीवी पत्रकार चालिसेलाई उपचारका लागि सहयोग गर्न यहाँका सम्पूर्ण सदस्य तथा सञ्चारकर्मीलाई आग्रह गर्दछ ।
शाखा अध्यक्ष शुक्रऋषि चौलागाईले रु.१००/– सहयोग गरी जिल्लाबाट अभियानको शुरुवात गर्नुभएकोछ भने शाखाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार झलक गैरे, सचिव राकेश मिश्र, कोषाध्यक्ष गोविन्द शर्मा लगायत सबैले धमाधम सहयोग गरिरहेको कोषाध्यक्ष शर्माले बताएका छन् ।
सचिव राकेश कुमार मिश्रका अनुसार महासंघ बाँके शाखाले सम्पूर्ण सदस्यहरुलाई एक जना श्रमजीवी पत्रकारको जीवन बचाउन रु.१००/– का दरले शाखा कोषाध्यक्ष गोविन्द शर्मा तथा नेपाल पत्रकार महासंघ बाँकेको नाममा रहेको नेपालगन्जस्थित एभरेष्ट बैंकको ०१९०००१०५२००२१६ खातामा सहयोग उपलब्ध गराउन महासंघले हार्दिक अनुरोध गरेको छ ।
अन्य समाचारहरु
- सीमामा वुद्ध मूर्ति
- नौ महिनामा १ सय ३८ जना वेपत्ता
- पाँच वूँदे सहमतिले संविधान नबन्ने खतरा बढ्दै गएको दावी
- थरुहट नभएसम्म आन्दोलन गर्ने चेतावनी
- नेपालगन्ज/ राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब आफूहरुले चाहेर पनि मुलुकमा राजतन्त्र फर्कने संभावना नरहेको बताउनु भएको छ ।
- राजनीतिक उपलब्धि व्यवस्थापनमा अझै चुनौती
- राजीनामा पछि मात्र राष्ट्रिय सरकार
- सबैलाई मान्य नभए राष्ट्रपतिले हस्ताक्षर नगर्ने
- संविधान जलाउने चेतावनी
- १७ दलको ध्यानाकर्षण



