छरछिमेक (अन्य जिल्लाहरु)

  • सेवा सुविधा प्रभावकारी बनाउने प्रतिबद्धता
    -जगतराज उपाध्याय
    २०६८ पुस १७ गते आइतवार Janaury 1, 2012

    सेवा सुविधा प्रभावकारी बनाउने प्रतिबद्धता
    सुर्खेत/ स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले जिल्ला तहबाट जिविस मातहतका निकायहरुबाट प्रदान गरीने सेवा सुविधाहरुलाई प्रभावकारी ढंगबाट सेवाग्राहीलाई प्रदान गर्ने प्रतिवद्धता जनाएका छन् । जिविसव्दारा संचालित विकास निमार्णका कामहरुमा ढिकालाई हुनुका साथै आर्थिक अपारदर्शिता भएको गुनासो आएको खण्डमा तत्कालै कारवाहीको प्रक्रिया अगाडी बढाउँने बताए ।


    स्थानीय विकास अधिकारी रेग्मीले बुधवार वीरेन्द्रनगरमा स्याक नेपाल र जिल्ला विकास समितको संयुक्त आयोजनामा गरउको सार्वजनिक सुनुवाई कार्यक्रममा यस्तो बताएका हुन् । उनले निति अनुसार राजनितिक दलहरुलाई कुनैपनि आर्थिक सहयोग नगर्ने उल्लेख भएको जनाउदै अबदेखि आफुले दलहरुलाई आर्थिक सहयोग नगर्ने समेत बताए ।


    यसैगरी सो कार्यक्रममा सहभागि एकिकृत माओवादीका सुर्खेत जिल्ला इन्चार्ज कृष्णप्रसाद धमला, नेकपा एमालेका जिल्ला अध्यक्ष नवराज रावतले विकास निमार्णमा दलहरु पारदर्शी तरीकाले लाग्ने बताए ।


    उता राप्रपा नेपालका कविराम पुरीले विकास निमार्णमा आएको रकम को भागबण्डामा मुख्य तिनदलहरु नै दोषी रहेको आरोप लगाएका छन् । कार्यक्रममा सहभागि नगारिकहरुले गाविस सचिवहरुबाट सहज रुपमा प्रभावकारी सेवा सुविधा पाउँन नसकेको गुनासो गरेका छन् ।


    यसैगरी उनीहरुले गाविस सचिवहरु सदरमुकाम केन्द्रित नभएर सम्बन्धीत गाउँमा गएर नागरिकका सेवा सुविधाप्रति जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् ।

    कार्यक्रममा महिलाहरुमा देखिएको पाठेघर खस्ने समस्यालाई समाधानको माग गदै स्थानीय विकास अधिकारी रेग्मी समक्ष एक ज्ञापनपत्र समेत बुझाएका छन् । यसैगरी प्राकृतिक स्रोत र साधनहरुको अनियन्त्रित प्रयोगलाई तत्काल रोक्नुपर्नेमा सहभागिहरुले ध्यानाकर्षण
    गराएका थिए ।





अन्य समाचारहरु