छरछिमेक (अन्य जिल्लाहरु)

  • प्रेस स्वतन्त्रताका हिमायती राजनीतिक दलहरू नै प्रेस माथि निरङ्कुश
    -जगतराज उपाध्याय
    २०६८ पुस १७ गते आइतवार Janaury 1, 2012

    प्रेस स्वतन्त्रताका हिमायती राजनीतिक दलहरू नै प्रेस माथि निरङ्कुश
    सुर्खेत/ नेपाल पत्रकार महासंघ मध्यश्चिमाञ्चल क्षेत्रीय सम्मन्व समिति र पर्यटन पत्रकार संघको संयुक्त आयोजनामा वीरेन्द्रनगरमा शुक्रवारबाट शुरु भएको पर्यटन रिपोर्टिङ तालिम तथा अन्तरक्रिया कार्यक्रमको शनिवार सम्पन्न भयो ।


    सो कार्यक्रममा सहभागी पत्रकारहरुलाई नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष शिव गाउँलेले प्रमाण पत्र वितरण गर्नुभयो ।


    सो अवसरमा महासंघका अध्यक्ष शिव गाउलेले जनआन्दोलन २०६२/०६३को बेला संगसंगै प्रतिगमनका विरुद्ध काधमा काध जोडी हिडेका प्रमुख रानितीक दलहरू नै अहिले आएर प्रेस माथि निरञ्कुस भएको गुनासो गर्नुभयो । राजधानीका प्रमुख सञ्चार गृह तोडफोड सञ्चारकर्मी माथि भएको आक्रमण सञ्चार साधन तोड फोड प्रमुख राजनीतिक पार्टीका कार्यकर्ताबाट भएको बताउनु भयो ।

    पत्रकारहरू लोकतन्त्रको हिमायति भन्ने पार्टीहरूबाटै खतरामा रहेको बताउँदै पत्रकारहरूले पनि के लेख्ने के नलेख्ने ? शब्द संयोजन शब्द छनौट जस्ता विषयमा गम्भीर भएर लेख्नु पर्ने र सन्तुलित समाचार र विश्वसनीय स्रोतका आधारमा लेख्नु पर्ने र पत्रकार अध्ययनशील र संधै जिज्ञासु हुनुपर्ने बताउनु भयो । पर्यटन विकासको संगसंगै जाने भएकाले पर्यटनको विकासका लागि संचारकर्मीको महत्वपूर्ण भूमिका भएको बताउदै उहाँले पत्रकारले संधै ताजा कुरा अपडेट गर्न तयार हुनुपर्ने बताउनु भयो । उहाँले खोज पत्रकारिताको लेखनका लागि प्रशिक्षण समेत दिएका थिए ।
    त्यस्तै पत्रकार महासंघका म.प.सहसंयोजक प्रभात चलाउनेले मध्यपश्चिम पर्यटनको अत्यन्त सम्भाव्यता भएको क्षेत्र भएकोले पर्यटन समाचारले यस क्षेत्रका गन्तव्य स्थलको पहिचान हुने र पर्यटक भित्राउने भएकाले पर्यटन पत्रकारको महत्वपूर्ण भूमिका हुने बताउनु भयो ।
    मध्यपश्चिम क्षेत्रका राप्ती र भेरी अञ्चलका दश जिल्लाका ४० बढी सञ्चारकर्मीहरूको सहभागिता रहेको सो कार्यक्रममा सल्लाहकार प्रेम केसीले पत्रकारले पर्यटन क्षेत्रमा कलम चलाउदा पर्यटकीय ठाउँहरूको चिनारी हुने भएकोले यसले देश विकासमा टेवा पुग्ने बताए ।


    पर्यटन पत्रकार संघका अध्यक्ष हरिराज जोशीले विश्व पर्यटन नेपाल पर्यटनको सन्दर्भमा तुलना गरेर नेपाली पर्यटनको केन्द्र काठमाण्डौमात्र भएको र स्थानिय स्तरमा पर्यटनका विकास अझै हुन नसकेको बताए ।

    पर्यटनको विकासको लागी स्थानिय स्तरका व्यक्ति हरूले प्रचार प्रसार पूर्वाधार तयार गर्नुपर्ने र मध्य तथा सुदूरमा यस्ता थुपै्र पर्यटकिय गन्तव्य स्थलहरू रहेको यसलाई केन्द्र भागमा चिनाउने काम सञ्चारकर्मीहरूको मुख्य भूमिका रहेको बताए ।

    कार्यक्रम म.प. क्षेत्रिय समन्वय समितिका संयोजक सूर्यमणि गौतमको सभापतिमा भएको सो कार्यक्रमको संचालन सुर्खेत साहका अध्यक्ष दुर्गा थापाले गरेका थिए ।





अन्य समाचारहरु