छरछिमेक (अन्य जिल्लाहरु)

  • लागु औषध सहित दुई पक्राउ
    जगतराज उपाध्याय
    २०६८ पुस ७ गते बिहीवार नेपाल सम्वत् ११३२ थिँलागाः११ December 22, 2011

    लागु औषध सहित दुई पक्राउ
    सुर्खेत/ अवैध रुपमा लागु औष कारोबार एक गिरोहलाई सोमवार सुर्खेत जिल्ला प्रहरीले पक्राउ गरेको छ ।


    सोमवार लागु औषध सहित पक्राउ पर्नेमा वीरेन्द्रनगर १० बस्ने नविन विक र ९ बस्ने आशिष गुरु रहेका छन् ।


    पक्राउ परेका विक संग तीन पुडिया ब्राउन सुगर ३१ ग्राम र गुरुसंग १ पुडिया १८ ग्राम ब्राउन सुगर समेत प्रहरीले बरामद गरेको छ ।
    विशेष सुराकिको आधारमा पक्राउ गरिएका गुरु र विकले अरुलाई ब्राउन सुगर बिक्री गर्ने गरेको प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराम परियारले जनमतलाई बताउनु भयो ।


    पक्राउ परेका दुवै जनालाई लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार मुद्दा चलाइएको र हाल उनी हिरासतमा रहेको प्रहरीले जानकारी दिएको छ ।





अन्य समाचारहरु