उन्मुक्त कलम
-
भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस र विधवा कानी आमा
–कमल नेपाली–
२०६८ फागुन १ गते सोमवार February 13, 2012
भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस र विधवा कानी आमा
हरेक वर्षको फ्रेवुअरी १४ तारिख विश्वभर नै भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाइने गरिएको छ र आइतवार नेपालमा पनि मनाइयो । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको सहादतसंग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितीय युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए । तर भ्यालेन्टाइन भने सम्राटको यो निर्णयलाई धर्म विरुद्ध भन्थे । उनको बुझाई थियो– अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुशी हुन्छन् ।
त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे । निषेधाज्ञा तोडेको आरोपमा उनलाई ईशा पूर्व २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । अब विश्वभरि नै यस दिनलाई उत्सवको रुपमा मनाउने गरिन्छ ।
२००७ सालपछि बढ्दो विश्व सम्पर्कसंगै फस्टाएको पर्यटन व्यवसायले नेपालमा पनि भ्यालेन्टाइन डेको ठूलै माहोल बनाइसकेको छ र मन मुटु साट्ने पर्वको रुप लिइँदैछ, तर कतिपयले भने यस दिवसलाई विदेशी वा आयातित भनेर आक्षेप लगाउने गरेको पनि सुनिन्छ । दौरासुरुवाल र गुन्युचोली थन्क्याएर टाई सुट र स्कर्टमा गर्वसाथ सजिने हामीले फलानो अनि ढिस्कानो चाहिँ अरुको भन्नु कति उचित हो ? के प्रेम अनुशरण गर्नु पनि कसको भनेर जा“चिरहनु पर्छ र ?
यहाँ उल्लेख गरिएको प्रेम शब्दको अर्थ विपरीत लिङ्गीप्रतिको आकर्षणमा मात्र सीमित छैन । किनकी देहप्रतिको प्रेम मोह हो, जसमा स्वार्थ लुकेको हुन्छ । खा“टी प्रेम त त्यो हो जसले माग्दैन, दिन्छ मात्र । प्रेम कस्तो हुनुपर्छ भन्ने बुझ्न यहाँ एउटी विधवाको मर्मस्पर्शी कथा हेरौं ।
उनको एउटा आँखा नै थिएन । आँखा भएको भाग धस्सिएर खोपिल्टो परेको थियो । उनी एउटा आँखाको भरमा छोरालाई स्कूल लैजाने ल्याउने गर्थिन् । साथीहरु उसकी आमालाई संधै गिज्याउने गर्थे– तेरी आमा बोक्सी भनेर । छोरोले ठान्यो कि आमाको कुरुपताका कारण म अपमानित भइ रहेछु । आमालाई भन्यो, मलाई लैजान ल्याउन पर्दैन अब त आफै सक्छु । उसको आशय आमाले बुझिनन् । उनले यति मात्र ठानिन् कि मेरो आ“खाको नानी ठूलो भइसकोछ ।
समयान्तरसंगै छोरो हुर्कियो, जागिरे भयो, घरजम ग¥यो र बाबु पनि बन्यो र आमालाई झुप्रोमा राख्यो । छोरालाई भेट्न उनी चारपाऊ टेकेर दैलोमा पुगिन् । त्यहाँ भुराहरु खेल्दै थिए । उनलाई देखेपछि ती भुराहरु बाबा बाबा भन्दै भित्र भागे । बाबु चाहिं के रहेछ भनी तल झरेको त आमा पो रहिछन् । उसले खाउ“ला झैं गरेर आमालाई हका¥यो । तर बुढी आमाले भनिन्, छोरा, तिमीलाई देख्न पाएँ । मेरो ईच्छा पूरा भयो ।
यसको केही दिनपछि नै बुढी आमा मरिन् । छोरा र छरछिमेक भेला भए । शव उठाउने क्रममा सिरानीमुनि एउटा चिठ्ठी भेटियो । लेखिएको थियो, तिम्रो बाबाले छोडेर गएपछि मेरो सर्वश्व भन्नु नै तिमी मात्र थियौ, तर दुर्भाग्य १ दुर्घटनामा परेर तिम्रो पनि एउटा आँखा काम नलाग्ने भयो । एउटै छोरो त्यो पनि कानो, मैले सहनै सकिन । अनि मेरो एउटा आँखा तिम्रोमा प्र्रत्यारोपण गराई दिएँ । मेरो आ“खा ममा हुनु र तिमीमा हुनु के फरक छ र ? यो पढिसकेपछि बल्ल छोराको आँखा खुल्यो, तर ढिलो भइसकेको थियो । आमाले संसार छाडीसकेको थियो ।
आमाबाबुको प्रेम स्नेह हो, जहाँ वासनाको बास हुँदैन । आफू कानो भएर सन्तानलाई दृष्टि दिने यी विधवा आमा स्नेहकी अमर पात्र हुन् । यस्तै प्रेमका खानी भएका कैंयौं सपुतहरुले देशका लागि ज्यान दिएका थिए, सहादत प्राप्त गरेका थिए । हामीलाई आफू गुमेर प्रजातन्त्र दिए, लोकतन्त्र दिए, अनि गणतन्त्र पनि दिए । हाम्रो पोल्टा भरिएको छ, तर माथि कथाका छोराले झैं शहिदको बलिदानीलाई हामीले चिन्ने प्रयास गरेका छैनौं । शहिद सप्ताह मनाइयो, तर शहिदका सपना साकार कहिल्यै भएन । गणतन्त्रमा त शहिदलाई सम्मान होइन अवमूल्यन र अपमान गर्ने काम मात्र भइरहेको छ ।
शेक्सपियरले भनेका छन्– प्रेम आफ्ना जन्मदाता र मातृभूमिप्रति हुनु पर्दछ, तर हामी यसबाट निकै नै टाढा छौं । फगत विपरीत लिङ्गीय आकर्षणलाई हामीले प्रेमको परिभाषा बनाएका छौं । बाबु आमाप्रतिको प्रेम कमजोर बनाउँदैछौं ।
हामीले बाहिरबाट भित्रिएको प्रेम दिवसलाई आफ्नो माटोको गुणमा ढालेर आफूमा समाहित गर्नु परेको छ । स्त्री र पुरुष वीचको आकर्षणबाट माथि उठेर शहिदको जस्तो पवित्र समर्पण राष्ट्रियतामा पोख्न परेको छ । माया पिरतीमा उत्पन्न हुने स्तरको आत्मीयता आमाबाबु र देशका लागि देखाउन परेको छ ।
दश वर्षसम्म बम, बारुद र गोलीको त्रासदीमा देश गुज्रियो । अशान्तिको कालो बादल मडारियो । पचासौं वर्षसम्म बनाउन नसकिने भौतिक संरचना ध्वस्त भए, हजारौंको ज्यान गयो, हजारौं परिवार विचल्ली भएका छन् । तर पनि हाम्रा नेताहरु आज शहिदको रगत माथि होली खेलेर रमाइरहेका छन् । देश र जनताको बेहाल छ । गणतन्त्र अधुरो छ । यस अवस्थामा हामीले एक अर्कामा हानाहान गरेर होइन, हातेमालो गरेर अघि बढ्नु परेको छ । यसका लागि पनि सच्चा प्रेम अपरिहार्य शर्त हो । अतः मारकाटमा अघाउञ्जेल फसिसकेको मुलुकलाई अब थप द्वन्द्वबाट मुक्त गरौं । ०००
अन्य समाचारहरु
- भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस र विधवा कानी आमा
- भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस र विधवा कानी आमा
- भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस र विधवा कानी आमा
- राष्ट्रपति बनाए राजा जस्तै
- लागु औषध र सूर्तिजन्य वस्तु नियन्त्रण गरौं १
- मानव जीवनमा भ्रमणको अपरिहार्यता
- हाम्रो समाजमा तीर्थयात्राको औचित्य र सार्थकता
- साँस्कृतिक क्रान्तिको औचित्य र उपादेयता
- अपराध मुक्त बनाऊ
- उदारवाद र कट्टरवाद



