आधा आकाश
-
एकल महिलालाई पीडै पीडा
-तुलाराम जैशी
२०६८ माघ १८ गते बुधवार February 1, 2012
एकल महिलालाई पीडै पीडा
बाजुरा/मार्तडी बजारमा रहेको एकल महिलाको कार्यालयको अगाडि निलो कुर्ता सुरुवाल माथि सेतो स्वेटर लगाएकी कैलाशमाण्डौ ५ पन्तालीकी पार्वती बुढा बेञ्चमा बसिरहेकी थिइन् । पार्वतीको चाउरी परेको अनुहारमा कुनै खुशी देखिदैन थियो ।
के भयो ? के हुनु नी ? सरकारले ६० वर्ष भन्दा माथिका एकल महिलाहरूलाई पाँच सय मासिक सामाजिक सुरक्षा भत्ता दिन्छ । त्योभन्दा कम उमेरका एकल महिलालाई केही दिदैन, बेखुसी हुनुको कारणबारे उनले बताईन् ।
२०६१ सालमा ‘आरसीसी’ बाजुराको सहयोगमा मानव अधिकारका लागि एकल महिला समूह गठन भएको थियो । तर, कुनै पनि संस्थाले सीप सिकाउने काममा सहयोग नगरेको उनको गुनासो छ ।
सबै उमेरका एकल महिलाहरूको समस्या उस्तै हो । ठिकै छ, हामीलाई भत्ता नदिएपनि सीप सिकाई दिए पुग्छ –उनले अगाडी भनिन् ।
पार्वती संस्थाकी अध्यक्ष हुन्, त्यसैले अफिस कुरेरै बसेकी हुन् । कार्यालय कुरुवा राखे खर्च दिनुपर्छ । खाना खर्च दिने अवस्था छैन, उनले भनिन्,–समूहमा रहेका एकल महिलाले सीप चाहियो भन्छन्, कहाँबाट व्यवस्था गर्नु ।
२०६५ सालमा एकल महिलाको कार्यक्रममा डोटी जिल्ला जाँदा प्रशिक्षक लिला थापाले रातो कपडा किनेर दिएपछि उनी अभियानमा लागेकी हुन् । ‘यता लागियो तर, घर बाहिर जा“दा सासु र गाउँलेहरूले दोष लगाउने गर्छन् । चित्त दुःख्छ । कसैले सहयोग पनि गरेका छैनन्, –पार्वती भावुक बनिन् ।
सरकारले एकल महिलालाई पैसा वितरण गर्नुभन्दा पनि सीप र उनीहरूका छोराछोरीलाई निःशुल्क शिक्षाको व्यवस्था गनुपर्ने उनको सुझाव छ । मार्तडी–८ की शान्ति ध्वजाली पनि एकल महिला हुन् । उनी पनि एकल महिलाहरूको लागि अभियानमा हिंड्छिन् । उनी दलित महिला संघ (फेडो) बाजुराकी अध्यक्ष पनि हुन् । तर, सहयोग नपाएकोमा उनी कम्ति चिन्तित छै्रनन् ।
संस्थाकी अध्यक्ष छु, त्यसैले विभिन्न ठाउँमा गएर सहयोग माग्नै प¥यो तर, हामीले चाहेको सहयोग कसैले गरेको छैन, –उनी भन्छिन् ।
सहयोग नपाउनुुको पीडा त छ नै गाउँलेको वचनले उनीहरूलाई थप पीडा दिने गरेको छ । ‘विभिन्न ठाउँमा जानुपर्छ, । सबैसँग बोल्नुपर्छ । लुगा धोएर लगाउनु पर्छ । यस्तो देखेपछि परिवार र समाजले विभिन्न कुरा काट्छन् । विभिन्न बहानामा गिज्याउन थाल्छन ‘आँशु चुहाउँदै उनी भनिन्, ‘यस्तो पीडा सहनुभन्दा बरु मर्नु ठीक ।’
अभियानमा लागेका एकल महिलाहरू महिलामाथि हिंसा हुनुहुँदैन भनेर वकालत गर्छन् । तर, उनीहरू आपैं हिंसामा परिरहेका हुन्छन् । महिलामाथि हिंसा हुनु हुदैन भन्दै म हिंड्छु । तर आपूmमाथि परिवारबाट भएको हिंसाका बारेमा उजुर दिन सकिंदैन, सहेर बस्नु पर्ने हुन्छ । परिवारमाथि उजुरी दिए झनै असहयोग गर्छन् भन्ने डर लाग्छ । भोली छोरा छोरी र आपू कहाँ गएर बस्ने के खाने ? शान्ति भन्छिन् ।जिल्ला विकास समिति तथा गाउँ विकास समितिबाट विनियोजन गरिने बजेटमा कुल रकमको १० प्रतिशत बजेट महिला लक्षित कार्यक्रममा अनिवार्य छुट्टयाउनु पर्ने उल्लेख गरिएको छ । तर व्यवहारमा एकल महिलाका लागि लक्षित कार्यक्रम बनाइएको छैन । स्थानीय निकायमा राजनैतिक दलहरूको प्रतिनिधित्व हुन्छ, तर एकल महिलाका सवालमा कसैले पनि बोलेको पाइँदैन । एकल महिलालाई श्रीमान गुमाएको कारण सामाजिक पीडा छ नै राज्यले दिने सेवा सुविधामा पनि वञ्चित गर्दा झनै पीडित छन्– उनीहरू ।
सौजन्यः फिचर सेवा बुलेटिन क्षेत्रीय सञ्चार स्रोत केन्द्र, नेपालगञ्ज ।
अन्य समाचारहरु
- छाउपडी विरुद्ध २५२ जना महिलालाई सम्मान
- अनेमसंघमा पुनः विद्या भण्डारी
- इतिहासको पाना भित्र गौरा प्रसाई
- साहनालाई आमा पुरस्कार
- महिला बेचविखन कार्य इराकमा मौलायो
- दवाव दिंदै बालीघरेले नारी दिवस मनाए
- मधेशमा फैलिएको विकृति : दाइजो प्रथा
- मध्यपश्चिममा सबभन्दा बढी महिला हिंसाका घटना
- मधेशी समुदायका महिलाहरु घरेलु हिंसा बाहिर ल्याउन डराउँछन्
- एकल महिलालाई पीडै पीडा



