आधा आकाश

  • लैङ्गिक हिंसा विरुद्ध इन्सेकको अपिल
    भोला महत, क्षेत्रीय संयोजक, इन्सेक नेपालगन्ज
    २०६८ मंसिर १८ गते आइतवार December 4, 2011

    लैङ्गिक हिंसा विरुद्ध इन्सेकको अपिल
    विश्वभर नोभेम्बर २५ तारिखलाई महिला माथि हुने हिंसा विरुद्ध अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाइन्छ । यो दिनलाई महिलामाथि हुने विरुद्ध अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउनुको सन्दर्भ डोमिनिकल गणतन्त्रका एकै मिरावेल परिवारका तीन राजनीतिक कार्यकर्ता पोट्रिया, मिनर्भा र मारिया नाम गरेका तीन दिदिबहिनीलाई तत्कालिन त्रुजिलो तानाशाही सरकारले सन् १९६० मा गरेको निर्मम हत्यासग जोडिएको छ । यस घटनालाई लिङ्गको आधारमा हुने राजनीतिक हिंसाको रुपमा लिइन्छ ।

    विभिन्न अन्तर्राष्ट्रिय दिवसहरु भन्दा भिन्न तरिकाले महिला हिंसा विरुद्धको एक दिनमा मात्र सीमित नभई प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सोह दिन मनाइने भएकोले यो दिवस लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान नामाकरण गरिएको हो । महिला हिंसा अन्त्यका लागि विभिन्न दवावमूलक तथा चेतनामूलक कार्यक्रमहरु आयोजना गरी अभियानकै रुपमा मनाउने गरिन्छ । प्रत्येक वर्ष झैं यस वर्ष पनि अन्तर्राष्ट्रिय नारा विश्वशान्तिका लागि घरबाटै शुरुवात गरौं लाई ऐक्यवद्धता जनाउदै नेपालमा पनि मनाइँदैछ । यो अभियानको मुख्य उद्देश्य यौनजन्य र लैङ्गिक हिंसा विरुद्ध सचेतना फैलाउने सरोकारवालहरुलाई जवाफदेही बनाउने रहेको छ ।


    महिला विरुद्ध हिंसा भन्नाले सार्वजनिक तथा नीजि हुने त्यस्ता कार्य, जसले महिलालाई शारीरिक, मानसिक र यौनिक रुपमा हानी

    पुयाउँछ र महिलालाई स्वतन्त्रपूर्वक जीवनयापन गर्नबाट वञ्चित गराई डर, त्रास, धम्की सहन बाध्य पारिने अवस्थालाई जनाउँदछ भनेर कानुनतः परिभाषित गरिएको छ । नेपालको अन्तरिम संविधान २०६३ को धारा २३ ले समानताको हकलाई सुनिश्चित् गर्दै राज्यले नागरिकहरुका वीच धर्म, वर्ण, जात, जाति, लिङ्ग, उत्पत्ति, भाषा वा वैचारिक आस्था वा ती मध्ये कुनै कुराको आधारमा भेदभाव नगरिने उल्लेख छ । यसैगरी धारा २० (२) मा महिला विरुद्ध शारीरिक, मानिसिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य गरिने छैन र त्यस्ता कार्य कानुनद्वारा दण्डनीय हुने व्यवस्था रहेको छ । अन्य कानुनी व्यवस्था पनि रहेकाछन् ।


    महिला विरुद्ध हुने हिंसा एउटा गम्भीर समस्याको रुपमा रहेको छ । सर्वेक्षण अनुसार करीब ६० प्रतिशत महिलाहरु कुनै न कुनै रुपमा हिंसाको शिकार भएको देखिन्छ । इन्सेकद्वारा प्रकाशित नेपाल मानवअधिकार वर्ष पुस्तक-२०११ मा उल्लेख छ यस वर्ष दाइजो नल्याएको आरोपमा आफ्नै परिवारबाट १२ जना मारिए । मादक पदार्थ सेवनका कारण भएको विवादमा ५ जना मारिए भने अन्य कारणबाट ५० जना महिलाले ज्यान गुमाए । ६८ जना पीडितहरु मध्ये ५८ जना महिलाहरु आफ्नै पतिको संलग्नतामा मारिएको पाइएको छ । यो तथ्यले महिला हिंसाले समाजमा पारेका नकारात्मक प्रभाव बुझ्न सकिन्छ ।

    हिंसा विरुद्ध शान्ति स्थापनाका लागि समुदायदेखि राष्ट्रिय स्तरसम्म यो अभियान चलिरहेको छ । कतै हाम्रै घर, आँगन, छिमेक र

    गाउँमा कोही लैङ्गिक हिंसाको शिकार भइरहेको त छैनन् ? कतै हामी नै जानी नजानी आवेग वा संस्कारका कारण घरेलु हिंसाका कारण बनिरहेका त छैनौं ? यदि त्यसो हो भने बुझांै महिला हिंसा आफ्नै भविश्य विरुद्धको अपराध हो । आफ्नो खुट्टामा आफैले बञ्चरो हानेर हामी घरमा सुखी र निर्भयका साथ जिउन सक्छौं त ?

    यस बारेमा सोंच्ने, बुझ्ने, बुझाउने र सामाजिक न्याययुक्त समाज निर्माणका लागि केही गर्न प्रतिवद्धता जाहेर गर्ने अवसर पनि हो यो अभियान । समाज र देश रुपान्तरण गर्न आफैबाट शुरु गर्नु पर्दछ भन्ने शाश्वत सत्यलाई आत्मसात गर्दै लैङ्गिक हिंसा विरुद्ध उभिदंै मानवअधिकार संस्कृतिको विकास र समतामूलक समाज निर्माणका लागि हातेमालो गर्दै महिला हिंसा विरुद्ध १६ दिने अभियान२०६८ भव्य रुपमा सम्पन्न गरौं ।






अन्य समाचारहरु