आधा आकाश

  • नोवेल शान्ति पुरस्कार तीन जना महिलालाई
    .
    २०६८ असोज २३ गते सोमवार Oct. 10, 2011

    नोवेल शान्ति पुरस्कार तीन जना महिलालाई
    नेपालगन्ज/ यस वर्षको नोवेल शान्ति पुरस्कार तीन जना महिलाले पाउने भएका छन् ।


    नोबेल छनौट समितिले शुक्रबार घोषणा गरे अनुसार लाइबेरियाली शान्ति योद्धा लिमाह ग्बोबी, लाइबेरियाली राष्ट्रपति एलेन जोनसन सरलिफ तथा यमनमा अरब क्रान्तिका कार्यकर्ता तावाकुल कारमानले नोबेल शान्ति पुरस्कार पाउने भएका हुन् ।


    यी तीनै महिलाले सन् २०११ को नोबेल शान्ति पुरस्कार साझेदारी गर्नेछन् । उनीहरुलाई शान्ति स्थापनामा महिला सहभागिता तथा महिलाको सुरक्षाका लागि अहिंसक संघर्षका लागि यो पुरस्कार दिन लागेको नोबेल समितिले जानकारी दिएको छ ।


    अफ्रिकी मुलुकको पहिलो महिला राष्ट्रपति बन्ने इतिहास रच्ने ७२ वर्षिया सरलिफले १४ वर्षसम्म हिंस्रक गृहयुद्धपछि स्तब्ध बनेको मुलुकको शासन आफ्नो हातमा लिएकी थिइन् । यो युद्धमा २ लाख ५० हजारको ज्यान गएको थियो । अर्थतन्त्र पूर्ण रुपमा बिग्रिएको थियो । विद्युत तथा पानी थिएनन् र आधारभूत संरचनाहरु ध्वस्त भएका थिए ।


    उहाले सन् २००६ मा राष्ट्रपति पदमा बहाली गरेपछि लिबियामा शान्ति सुनिश्चित गर्न, आर्थिक प्रवद्र्धन गर्न, सामाजिक विकास गर्न तथा महिलाको अवस्था बलियो बनाउन योगदान गर्नुभयो नोबेल समितिले भनेको छ ।


    ३९ बर्षीया ग्बोवीको सहयोग नभएको भए सरलिफलाई सत्ता प्राप्त गर्न सम्भव हुदैन थियो होला । ग्बोवीले लाइबेरियाली महिलालाई युद्धका नेताहरुसंग नडराउन सहयोग गरेकी थिइन् । उनले इसाई तथा इस्लाम महिलाहरुको एक ठूलो समूहलाई अफ्रिकाको रक्तपातपूर्ण युद्धमा यौन हड्ताल गर्न अभिप्रेरणा दिंदै पुरुषलाई शान्तितर्फ आकर्षण गरेकी थिइन् ।


    ग्बोवीले जातिय तथा धार्मिक विभाजनकारी रेखामा रहेका महिलालाई संगठित पारी लाइबेरियामा चलिरहको लामो युद्ध अन्त्य गर्न र महिलाको निर्वाचनमा सहभागिता सुनिश्चित गर्न गरेको प्रयासलाई नोबेल समितिले प्रशंसा गरेको छ ।


    नोबेल शान्ति पुरस्कार पाउने प्रथम अबर महिला ३२ वर्षिया यमनी कार्यकर्ता तथा पत्रकार तावाकुल कारमानले महिलाको अधिकार, प्रेस स्वतन्त्रता तथा यमनमा राजनीतिक पत्रकारको उन्मुक्तिका लागि काराबासका समयमा अनेकौ पीडा बहादुरीपूर्वक सहेकी थिइन् ।


    अरब क्रान्तिताका तथा त्यसअघि महिलाको अधिकार, प्रजातन्त्र तथा यमनमा शान्तिका लागि उहाले नेतृत्वपूर्ण भूमिका खेली निकै कठिन परिस्थिति भोगेर सफलता प्राप्त गरेको भनी नोबेल निर्णायक समितिले प्रशंसा गरेको छ । (नागरिकको सहयोग साथ)





अन्य समाचारहरु