स्थानीय सेरोफेरो

  • पत्रकारहरु आन्दोलित, सूचनामा बन्देज विरुद्ध सर्वोच्चको आदेश
    .
    २०६८ माघ १८ गते बुधवार February 1, 2012

    पत्रकारहरु आन्दोलित, सूचनामा बन्देज विरुद्ध सर्वोच्चको आदेश
    नेपालगन्ज/ सरकारले सूचनाको हक सम्बन्धि कानुनलाई बन्देज लगाउने गरी गरेको सूचनाको वर्गीकरण तत्काल फिर्ता लिन माग गर्दै नेपाल पत्रकार महासंघ आन्दोलित भइरहेको बेला सर्वोच्च अदालतले मंगलवार सूचना बर्गीकरण गरी १४० वटा सूचना गोप्य राख्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई आदेश दिएको छ ।


    सर्वोच्चका न्यायाधीश वैद्यनाथ उपाध्यायको एकल इजलासले अर्को आदेश जारी नहुदासम्म कार्यान्वयन नगर्न आदेश दिएको हो । यस आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने बारे दुबै पक्षलाई माघ २२ गते छलफलका लागि बोलाइएको सर्वोच्चका सह प्रवक्ता हेमन्त रावलले जानकारी दिनु भयो ।


    गत मंसिर २६ गते वर्गीकरण समितिले १४० वटा सूचनालाई गोप्य राख्न गरेको सिफारीसलाई प्रधानमन्त्रीले हालै सार्वजनिक गर्नु भएको विशेष कार्यक्रममा उल्लेख गर्नु भएको थियो । सरकारले सूचना लुकाउन खोजेको भनी सर्वोच्चमा डेमोक्रेटिक लयर्स एशोसियशनले सरकार विरुद्ध रिट दायर गरेको थियो ।


    उक्त निर्णय विरुद्ध महासंघको केन्द्रीय निर्णय अनुसार आज र भोलि देशभरका अन्य शाखाहरु झैं बाके शाखाको अगुवाईमा पत्रकारहरुले जिल्ला प्रशासन अगाडी विरोध प्रदर्शन गर्ने भएको छ । नेपाल पत्रकार महासंघ बाँके शाखाले दिएको जानकारी अनुसार विहान मुखमा कालोपट्टी सहित विरोध प्रदर्शन गर्ने भएको छ ।


    महासंघका सचिव राकेश कुमार मिश्रले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ माघ १८ गते विहान नेपालगन्ज५ गणेशपुर बस पार्क स्थित महासंघ कार्यालयबाट शुरु हुनेविरोध याली, न्यूरोड, सदरलाईन हुँदै जिल्ला प्रशासन कार्यालय बाँकेमा पुगेर विरोध प्रदर्शन
    गरिनेछ ।


    विज्ञप्तिमा उक्त विरोध प्रदर्शनमा सक्रिय सहभागिताका लागि शाखाका सम्पूर्ण सदस्य सञ्चारकर्मी, कानून व्यवसायी, नागरिक समाजका प्रतिनिधि, अधिकारकर्मी लगायत सबैलाई महासंघले अपील गरेको छ ।





अन्य समाचारहरु