स्थानीय सेरोफेरो

  • सरकार भ्रष्टाचारको दलदलमा फसेको आरोप
    .
    २०६८ माघ १५ गते आइतवार Janaury 29, 2012

    सरकार भ्रष्टाचारको दलदलमा फसेको आरोप
    नेपालगन्ज/ राप्रपा नेपालका अध्यक्ष कमल थापाले कुशासन र भ्रष्टाचारको दलदलमा फस्दै गइरहेको सरकारले सुशासन र समृद्धिका कुरा गर्नु हास्यास्पद भएको बताउनु भएको छ ।


    शनिवार विहान नेपालगन्जमा पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष थापाले सुशासन र समृद्धिका नाममा सरकारको तर्फबाट ल्याइएको कार्ययोजनाको कुनै औचित्य र महत्व नरहेको दावी गर्दै उहाँले यसको कार्यान्वयन हुन नसक्ने समेत जिकीर गर्नुभयो । सरकार रहने वा नरहने भन्ने अन्यौल भइरहेका बेला महत्वाकाक्षी र दीर्घकालीन योजना ल्याएर सरकार टिकाऊ नहुने उहाँको भनाई थियो ।

    राज्यसत्ता कव्जाको नियत राखेको माओवादीले जनसक्ताले गरेको घर जग्गा सम्बन्धि कारोवारलाई वैधानिकता दिन खोज्नु कुनै अनौठो नभएको बताउँदै उहाँले काँगे्रस र एमाले अहिले कुर्लनु पनि वेतुक रहेको बताउनु भयो । विद्रोहलिाई सत्तामा पुयाउने दलको मार्गचित्र नै गलत थियो भन्ने कुरा अहिले प्रमाणित हुँदै गएको भन्दै उहाँले माओवादीलाई घेरावन्दी पार्ने काँगे्रस एमाले भूमिकाले थप जटिलता मात्र ल्याउने बताउनु भयो ।


    माओवादी विरुद्धको मोर्चावन्दीले शान्ति प्रक्रिया र संविधान निर्माणलाई बाधा पुयाउने उहाँको तर्क थियो । राजतन्त्रको वकालतका सम्वन्धमा राखिएको पत्रकारको प्रश्नमा उहाँले राजाको औचित्य नसकिएको भन्दै तत्काल नयाँनिर्वाचनमा जानपर्ने दावी गर्नु भयो ।





अन्य समाचारहरु