स्थानीय सेरोफेरो

  • घेराबन्दी पछि भूमिगत सशस्त्र समूहद्वारा युद्धविराम गर्ने तयारी
    .
    २०६८ माघ १५ गते आइतवार Janaury 29, 2012

    घेराबन्दी पछि भूमिगत सशस्त्र समूहद्वारा युद्धविराम गर्ने तयारी
    नेपालगन्ज/ केही वर्ष यता पश्चिम नेपालको तराई भेगमा हिंसात्मक गतिविधि सञ्चालन गर्दै आएका समूहका कार्यकर्ताहरुलाई नेपाली प्रहरीले धमाधम हतियारसहित गिरफ्तार गरेपछि उनीहरुमा अब युद्ध विराम गरेर शान्तिपूर्ण राजनीतिमा आउने संकेत पाइएको छ ।

    यसैक्रममा जनतान्त्रिक तराई मधेश मुक्ति मोर्चा नामक भूमिगत समूह अर्जुन सिंह अर्थात भगत सिंहले युद्ध विराम गर्ने तयारी गरिरहेको स्रोतले जनाएको छ ।


    भरपर्दो स्रोतका अनुसार नेपाल सरकार शान्ति मन्त्रालयद्वारा पठाइएको वार्ता प्रस्तावलाई स्वीकार गरेर उक्त समूहले एक साता भित्र वार्ता टोली खटाई युद्ध विराम घोषणा गर्ने तयारी गरिरहेको
    छ ।

    नेपाल प्रहरी स्रोतका अनुसार विगत ५/६ वर्षदेखि भूमिगत सशस्त्र गतिविधि संचालन गर्दै तराई क्षेत्रका जनतालाई आतंकित तुल्याउँदै आएको भगत सिंह समूहले प्रहरी कारवाहीलाई तीव्रता बनाएपछि आत्मसमर्पण गर्ने तयारी गरिरहेको दाबी गरिएको छ ।


    उल्लेखनीय छ करीब डेढ महिना अगाडी बाँके जिल्लाको प्रहरी प्रमुखको रुपमा बहाली भए लगत्तै प्रहरी उपरीक्षक बिक्रम सिंह थापाले सशस्त्र समूहलाई चुनौती दिंदै कि त विक्रम सिंह रहँदैन कि त भगत सिंह रहँदैन भन्ने उद्घोष गर्नुभएको थियो । सम्भवतः यसैको फलस्वरुप भूमिगत समूहको आत्मबल घटेको हो ।





अन्य समाचारहरु