स्थानीय सेरोफेरो

  • सशस्त्रद्वारा अवैध सामान बरामद
    .
    २०६८ माघ ८ गते आइतवार Janaury 22, 2012

    सशस्त्रद्वारा अवैध सामान बरामद
    नेपालगन्ज/ सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयबाट खटिएको गस्ती टोलीले भन्सार छली अवैध रुपमा ल्याउँदै गरेको ५४ हजार बराबरको मालसामान बरामद गरेको छ ।


    स.प्र.ना.नि रविन्द्र कार्कीको कमाण्डमा खटी गएको गस्ति टोलिले पिप्रहवा गा.वि.स.को वोर्डरबाट अन्दाजी मुल्य रु.५ हजार बराबरको वोईलर कुखुरा बरामद गरी तथा सप्रस निरिक्षक तारा बहादुर मल्लको कमाण्डमा खटिएको टोलीले अन्दाजी मुल्य रु.४ हजार बराबरको वोईलर कुखुरा बरामद गरी पशु क्यारेन्टाईन कार्यालयमा बुझाईएको छ ।


    त्यसैगरी शुक्रवार सुरक्षा पोष्ट जमुनाहबाट स.प्र.नि. तिलक पाण्डेको कमाण्डमा खटी गएको गस्ति टोलीले पिप्रहवा गा.वि.स.बाट अन्दाजी मुल्य रु.१५ हजार बराबरको खाने तेल बरामद गरी भन्सार दाखिला गरेको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ ।


    गत बुधवार सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट कालाबन्जारबाट सशस्त्र प्रहरी बरिष्ठ हवल्दार टिकाराम दाहलको कमाण्डमा खटी गएको गस्ति टोलीले जिल्ला हिरमिनिया गा.वि.स.को पटारी पुरुवाबाट अन्दाजी मुल्य रु.१० हजार बराबरको सालको अवैध काठ बरामद गरी जिल्ला वन कार्यालयमा बुझाईएको छ भने बुधवारै सशस्त्र प्रहरी सहायक निरिक्षक बुद्धि प्रशाद गिरीको कमाण्डमा खटी गएको गस्ति टोलीले नेपालगन्ज नगरपालिका१४ गणेशमान चोकबाट भारतबाट नेपाल तर्फ मोटरसाईकलमा ल्याउँदै गरेको अवस्थामा अन्दाजी मुल्य रु.२० हजार बराबरको लत्ता कपडा पक्राउ गरी भन्सार कार्यालय बुझाईएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ ।





अन्य समाचारहरु