स्थानीय सेरोफेरो
-
मध्यपश्चिममा सबभन्दा बढी महिला हिंसाका घटना
.
२०६८ फागुन १० गते बुधवार February 22, 2012
मध्यपश्चिममा सबभन्दा बढी महिला हिंसाका घटना
नेपालगन्ज/ मध्यमध्यपश्चिम क्षेत्रमा सबैभन्दा बढी महिला हिंसाको घटना भएको इन्सेक बाकेले जनाएको छ । इन्सेकद्वारा राजधानीमा विमोचन गरी पा“च वटै विकास क्षेत्रमा सार्वजनिक गरिएको वर्ष पुस्तक–२०१२ मा उक्त तथ्य उल्लेख गरिएकोछ ।
इन्सेक क्षेत्रीय कार्यालय नेपालगन्जद्वारा आइतवार यहाँ आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक–२०१२ को सार्वजनिक कार्यक्रममा बोल्दै सन् २०११ मा मध्यपश्चिम विकास क्षेत्रमा घटेका मानव अधिकार उलंघनका घटना बारे जानकारी दिंदै इन्सेक क्षेत्रीय कार्यालयका संयोजक भोला महतले उहाँले सन् २०११ मा मात्र मध्यपश्चिम क्षेत्रमा सबभन्दा बढी १ सय ८७ वटा महिला हिंसाका घटना घटेको जानकारी गराउनु भयो ।
पुनरावेदन अदालत नेपालगन्जका मुख्य न्यायाधीश केशव प्रसाद मैनालीले सार्वजनिक गर्नु भएको उक्त नेपाल मानव अधिकार वर्ष पुस्तक–२०१२ मा उल्लेख भए अनुसार पूर्वाञ्चलमा १ सय २५, मध्यमाञ्चलमा १ सय ६८, पश्चिमाञ्चलमा ८६, सुदूरपश्चिममा ५२ वटा महिला हिंसाका घटना भएकोछ ।
यसैगरि मध्यपश्चिममा हत्या ५४, घाइते ८३, बलात्कार ४०, गिरफ्तारी, यातना ५०, कुटपिट १ सय ९८, धम्की २ सय ५, जातिय विभेद १६, बालअधिकार उलंघन १ सय १८ रहेका छन् ।
इन्सेकले सन् १९९२ देखि नै वर्ष पुस्तक प्रकाशन गर्दै आइएको छ । जसको लागि ७५वटै जिल्लामा जिल्ला प्रतिनिधि रहेका छन् र ती मध्ये जुम्लाका मानदत्त रावललाई यस वर्षको उत्कृष्ठताको सम्मान र नगद पुरस्कार प्रदान गरिएको छ ।
इन्सेक सदस्य कृष्ण मुरारी भट्टको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी प्रसाद खरेल, नेकपा एमाले बाँकेका अध्यक्ष नन्दलाल रोकाय, ए.नेकपा माओवादीका बाँके सचिव डम्बर वि.क, राष्ट्रिय जनमोर्चाका सचिव कृष्णराज पाण्डे, जि.प्र.का.का प्रमुख प्रहरी उपरीक्षक विक्रम सिंह थापा लगायतले मानवअधिकारका बारेमा आ–आफ्नो विचार व्यक्त गरेका थिए
अन्य समाचारहरु
- सशस्त्रव्दारा वहुमूल्य मूर्ति सहित पक्राउ
- विश्व परिवार दिवसमा छात्रछात्रालाई टिफिन बक्स
- बन्द र आन्दोलनले जनजीवन कष्टकर, दैनिक अरवौं नोक्सानी
- मिनि क्यासिनोबाट बरामद भारतीय नोट नक्कली भएको आशंका
- काँग्रेसको अभद्र प्रयास भएको आरोप
- बुधवार संयुक्त रक्तदान
- बाँके काँग्रेसको आमसभाको व्यापक तयारी
- शाक्य लायन्सको गभर्नरमा निर्वाचित
- कलाकारले नचाए नेपालगन्जका दर्शकलाई
- ढुक्क हुन ओलीको आश्वासन



